
काठमाडौं ।
हालै गठन भएको सार्वजनिक सेवा प्रसारण नेपालले आफ्नो लोगो डिजाइन गर्न प्रतिस्पर्धामार्फत् सेवा/परामर्शदाता छनौट गर्ने भएको छ।
संस्थाले आज एक सूचना प्रकाशन गरी लोगो निर्माण गर्ने व्यक्ति वा संस्था खुल्ला प्रतिस्पर्धाको आधारमा छनोट गर्नुपर्ने भएकाले ईच्छुक सम्बन्धित संघ संस्था तथा व्यक्तिहरुलाई लक्षित गर्दै आवेदन माग गरेको हो।
ईच्छुक संघसंस्था तथा व्यक्तहरुले सूचना प्रकाशन भएको मिति आजबाट ७ दिनभित्र आफ्नो आवेदन दिन सक्नेछन्। आवेदन सार्वजनिक| सेवा प्रसारण नेपालको सचिवालय रेडियो नेपाल/ नेपाल टेलिभिजन सिंहदरवार, काठमाडौंमा प्राप्त हुने गरी वा इमेल ठेगाना: [email protected] मा पठाउन सकिने जनाइएको छ।
‘सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ को उद्देश्य र विश्वव्यापी मान्यता अनुसार सार्वजनिक सेवा प्रसारण नेपालको लोगो निर्माण गर्न खुल्ला प्रतिस्पर्धाको आधारमा छनोट गरिने भएको हुनाले संस्थाको लोगो निर्माण गर्न व्यक्ति वा फर्म/कम्पनी/ संघ/संस्थाले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र सार्वजनिक| सेवा प्रसारण नेपालको सचिवालय रेडियो नेपाल/ नेपाल टेलिभिजन सिंहदरवार, काठमाडौंमा प्राप्त हुने गरी वा इमेल ठेगाना: [email protected] मा आवेदन दिनुहुन सञ्चालक समितिको मिति | २०८१।०९।१४ गतेको निर्णयानुसार आव्हान गरिन्छ’, सूचनामा उल्लेख छ।
आवेदन दिँदा साथमा फर्म/कम्पनी/संस्थाको हकमा दर्ता प्रमाणपत्र र नियमानुसारको कर चुक्ताको प्रतिलिपि तथा व्यक्तिको हकमा नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि संलग्न हुनुपर्नेछ।
रितपूर्वक पर्न आएका आवेदकहरुको सूची तयार गरी संस्थाको अवधारणा अनुसार लोगो निर्माण कार्य अगाडि बढाइ संस्थाले जनाएको छ।
प्रकाशित: १७ पुष २०८१, बुधबार