
काठमाडौं ।
एप्पलले सन् २०२५ को पहिलो हप्ताको जनवरी ४ र जनवरी ५ तारिखमा रहस्यमय घोषणा गर्ने बताएको छ।
क्युपरटिनो टेक जायन्टले “सी फर योरसेल्फ” ट्यागलाइन सुपरइम्पोज्ड गरिएको तस्बिरको साथ विभिन्न एप्पल टिभी प्लस कार्यक्रमहरूका दृश्यहरू देखाउने एउटा विज्ञापन अभियान चलाएको उल्लेख गरिएको छ।
यद्यपि ती प्रचार–प्रसारको बावजुद, एप्पलले अर्को हप्ता के कुराको घोषणा गर्नका लागि योजना बनाएको हो भन्ने बारेमा भने स्पष्ट नभएको विदेशी मिडियाले उल्लेख गरेका छन्।
एप्पलले प्रयोग गरेको “सी फर योरसेल्फ” ट्यागलाइन बाट कोहीले भने कम्पनीले नयाँ वर्षको पहिलो सप्ताहन्तमा सबैलाई एप्पल टिभी प्लस निःशुल्क हेर्न दिने विश्वास व्यक्त गरेका छन्।
यस अघि सन् २०२० मा, एप्पलले सबैलाई सीमित समयको अवधिको लागि निश्चित एप्पल टिभी प्लस कन्टेन्ट (सामग्री) निःशुल्क हेर्न अनुमति दिएको टेलीग्राफले उल्लेख गरेको छ।
प्रकाशित: १७ पुष २०८१, बुधबार