एआई डाटा सेन्टरहरूको वृद्धिका कारण अमेरिकी पावर ग्रिडमा दबाब

Technology Khabar १५ पुष २०८१, सोमबार

काठमाडौं ।

एआई अर्थात् आर्टिफिसियलको कम्प्युटेशनल आवश्यकता पूरा गर्न स्थापना भइरहेका डाटा सेन्टरहरूले अमेरिकी पावर ग्रिड अर्थात विद्युत प्रसारण लाइनका लागि चुनौती खडा गर्न सक्ने ब्लूमबर्गको रिपोर्टले देखाएको छ।

व्हिस्कर ल्याबले ट्र्याक गरेका १० लाख आवासीय सेन्सर र डीसी बाइटको बजार तथ्यांकको आधारमा नराम्रो तरिकाले विद्यत उतारचढाव भएको देखाउने आधाभन्दा बढी घरहरू महत्वपूर्ण डाटा सेन्टर गतिविधि हुने स्थानबाट २० माइलको दूरीभित्र रहेका ब्लूमबर्गले पत्ता लगाएको छ।

डाटा सेन्टर र विद्युतको उतारचढावबीच सम्बन्ध

टेकक्रञ्चका अनुसार डाटा सेन्टरको नजिक रहेका क्षेत्रहरूमा  “ब्याड हर्मोनिक्स” का नामले चिनिने विद्युत प्रवाहमा समस्या बढी देखिएको रिपोर्टले संकेत गरेको छ। यसले घरमा जडान गरिएका उपकरणहरू बिग्रिन सक्छ, आगलागीको जोखिम बढ्न सक्छ, र ब्राउनआउट तथा ब्ल्याकआउट को स्थिति सिर्जना हुन सक्छ।

विशेष गरी एआई डाटा सेन्टरहरू अझ बढी समस्या उत्पन्न गराउन सक्छन् किनभने तिनका उर्जा आवश्यकताहरू अनियमित र उच्च हुन्छन्।

विशेषज्ञहरूको भनाइ

ब्लूम एनर्जीका प्रमुख मार्केटिङ अफिसर अधिकारी अमन जोशी भन्छन्, “कुनै पनि ग्रिड एकै समयमा एक वा एकभन्दा बढी डाटा सेन्टरहरूको यति ठूलो उर्जा उतार-चढावलाई व्यवस्थापन गर्न डिजाइन गरिएको हुँदैन।”

तर शिकागोको कमनवेल्थ एडिसनका प्रवक्ताले भने व्हिस्कर ल्याब्सका दावीहरूको शुद्धता र आधारभूत अनुमानमाथि शंका गरेका छन्।

सम्भावित समस्या

यदि यो समस्या समयमै समाधान नगरिएमा डाटा सेन्टरहरूको वृद्धिले ग्रिडमा थप दबाब पार्न सक्ने र यसले अमेरिकी घरहरूमा ठूलो आर्थिक र सुरक्षा जोखिम खडा गर्न सक्ने टेकक्रञ्चले उल्लेख गरेको छ।

प्रकाशित: १५ पुष २०८१, सोमबार

तपाइको प्रतिक्रिया