Technology Khabar १५ पुष २०८१, सोमबार
काठमाडौं ।
सन् २०१८ को अगस्ट महिनामा भएको अमेजन र एप्पल बीचको दौडमा, एप्पल ट्रिलियन–डलर मूल्याङ्कनमा पुग्ने पहिलो सार्वजनिक अमेरिकी कम्पनी बन्न सफल भएको थियो।
साथै एप्पलको सेयर निरन्तर बढ्दै गएको र सन् २०२० को अगस्त महिनामा टेक जायन्टको स्टक दुई ट्रिलियन डलर पुग्ने पहिलो कम्पनी बन्न सफल भएको थियो।
त्यसैगरी केही आवधिक परिवर्तनहरूसँगै कम्पनीले माथि बढ्ने प्रवृत्ति जारी राख्दै एप्पल सन् २०२२ को जनवरी महिनामा तीन ट्रिलियन डलरको मूल्याङ्कनका साथ सार्वजनिक रूपमा व्यापार गर्ने पहिलो अमेरिकी कम्पनी बन्न सफल भएको थियो।
अब यो कम्पनी अर्को स्तर नजिकै रहेको छ। एप्पलसँग हाल ३.८७ ट्रिलियन अमेरिकी डलरको बजार पूँजीकरण रहेको र अब यो ४ ट्रिलियन अमेरिकी डलरको सार्वजनिक रूपमा व्यापार गर्ने पहिलो अमेरिकी कम्पनी बन्ने देखिएको टेलिग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: १५ पुष २०८१, सोमबार