काठमाडौं ।
काठमाडौं । सुजुकीको नेपालका लागी आधिकारीक विक्रेता भीजी अटोमोबाइल्स प्रालिको दशैं तिहार योजना सार्वजनिक भएको छ ।
जापानिज कंपनी सुजुकी बाइक तथा स्कूटरमा ग्राहकले कुनैपनी सुजुकी शोरुमबाट बाइकको खरीदमा ८,००० रुपैयाँ छुट र स्कुटरमा १०,००० रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ ।
त्यसैगरी, बम्पर उपहारमा १० जना बाइक तथा स्कूटर खरीद गर्ने भाग्यशाली ग्राहकहरु लक्की ड्र मार्फत जापान जान पाउने छन् । यो स्कीम भदौ २० गतेबाट कार्तिक ३० गतेसम्म लागू हुने बताईएको छ।
यो स्कीमबाट सुजुकी बाइक तथा स्कूटर को धेरै बिक्री हुने र स्कीम अवधी भर फाइनान्स क्यास र एक्सचेन्ज मार्फत कम्पनिले बिक्री बितरण गर्नेछ ।
ग्राहकलाई सुबिधाको लागी ५ बर्ष वारन्टी दिइएको कम्पनीले बताएको छ । र स्कीम अवधी भर सुजुकी बाइक र स्कूटर गरेर चार हजार भन्दा बढी बेच्ने लक्ष्य रहेको भी जी अटोमोबाइल्सका मार्केटिंग म्यानेजर नबराज कोइरालाले जानकारी दिए ।
प्रकाशित: ८ आश्विन २०७५, सोमबार