रे–ब्यान स्मार्ट ग्लासेस “टेलिभिजन स्क्रिन” बाट बनाइने

  • Technology Khabar | १४ पुष २०८१, आईतवार
रे–ब्यान स्मार्ट ग्लासेस “टेलिभिजन स्क्रिन” बाट बनाइने
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

मेटाले आफ्नो लोकप्रिय रे–ब्यान स्मार्ट आइवेयर लाइनमा डिस्प्ले थप्न तयारी गरिरहेको छ। यसबारे फाइनान्सियल टाइम्स (एफटी) ले रिपोर्ट गरेको हो।

यी स्क्रिनहरू अर्को वर्षको सुरुमा डिभाइसको भविष्यका संस्करणहरूमा देखा पर्न सक्ने सम्भावनको उल्लेख गरिएको छ। साथै यस सुधारको सम्भावित कार्यान्वयन भने सन् २०२५ को उत्तरार्धमा सुरु हुने उल्लेख गरिएको छ।

स्क्रिन आकारमा सानो हुने र मेटाको एआई भर्चुअल एसिस्टेन्टबाट नोटिफिकेसन्स वा रेस्पोन्सेस डिस्प्ले (सूचनाहरू र प्रतिक्रियाहरू प्रदर्शन) गर्न प्रयोग गरिने स्रोतहरूले बताएका छन्। यद्यपि मेटाले यी ग्लासेस (चश्माहरू) लाई वास्तविक मिक्स्ड रियालिटि डिभाइस नबनाउने विश्वास गरिएको छ।

रे–ब्यान स्मार्ट ग्लासेसहरू मेटाका लागि आश्चर्यजनक रुपमा हिट भएका छन्। साथै ती स्मार्ट ग्लासेसहरू उत्कृष्ट देखिने र सम्मानजनक पर्फमेन्स प्रादन गर्ने भनि धेरै प्रयोगकर्ता र विशेषज्ञ प्रतिक्रिया दिएका छन्।

त्यसैगरी हालको मोडेलमा इन–इयर हेडफोन, क्यामरा, माइक्रोफोन र मेटाको भर्चुअल एसिस्टेन्टको पहुँच पनि समावेश गरिएको टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: १४ पुष २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...