रे–ब्यान स्मार्ट ग्लासेसमार्फत् एप्पलको शाजाममा गीतहरू पहिचान गर्न सकिने सुविधा आउँदै

  • Technology Khabar | ५ पुष २०८१, शुक्रबार
रे–ब्यान स्मार्ट ग्लासेसमार्फत् एप्पलको शाजाममा गीतहरू पहिचान गर्न सकिने सुविधा आउँदै

काठमाडौं ।

मेटाले यस हप्ता रे–ब्यान सँगको साझेदारीमा डिजाइन गरिएको आफ्नो स्मार्ट ग्लासेसमा आउने नयाँ सुविधाहरूको घोषणा गरेको छ। रे–ब्यान मेटा ग्लासेसले चाँडै नयाँ एआई क्षमताहरू प्राप्त गर्नुका साथै गीतहरू पहिचान गर्न एप्पलको साजामसँग साझेदारी गर्नेछ।

कम्पनीले घोषणा गरे अनुसार रे–ब्यान मेटाका लागि सफ्टवेयर अपडेट भी११ ले एप्पलको गीत पहिचान गर्ने एप साजामलाई समावेश गरेको छ।

एक पटक उपलब्ध भएपछि प्रयोगकर्ताहरूले “हे मेटा, यो कुन गीत हो?” भनेर भन्नको लागि आफ्नो आवाज प्रयोग गर्न सक्षम हुनेछन् भने चश्माले गीत चिन्न र प्रश्नको जवाफ दिन शाजम प्रयोग गर्ने उल्लेख गरिएको छ।

“हामी सबैलाई यो भावना थाहा छः तपाईं बजारमा बाहिर कतै हुँदा एउटा गीत बज्न थाल्छ-तर त्यो विशेष क्षणमा तपाईं उक्त गीत नयाँ हो, या त अस्पष्ट, वा पुरानो मनपर्ने ट्र्याक हो, जसको नाम वा कलाकार ठ्याक्कै सम्झन सक्नुहुन्न। यस्तो बेला तपाईंको ग्लासेसले तपाईंको लागि हेभी लिफ्टिङ्ग गर्न सक्नेछ,” मेटाले ब्लग पोस्टमा उल्लेख गरेको छ।

मेटाले यस वर्षको सुरुमा आफ्नो रे–ब्यान स्मार्ट ग्लासेसमा एप्पल म्युजिक एकीकरण थप गरेपछि यो कदम आएको हो। यस इन्टिग्रेसनको साथ, ग्लासेसमा मेटाको भर्चुअल एसिस्टेन्टलाई गीत, प्लेलिस्ट, एल्बम, स्टेशन, वा कलाकार-सबै ह्यान्ड्स–फ्री रुपमा प्ले गर्न सोध्न सक्नेछन्।

शाजम इन्टिग्रेसनको अतिरिक्त, रे–ब्यान मेटा ग्लासेसले अपडेटको साथ केही नयाँ एआई फिचर्स (सुविधाहरू) पनि प्राप्त गर्नेछ।

तिनीहरू मध्ये लाइभ एआई एक भएको र यसले प्रयोगकर्ताहरूलाई रियल टाइममा आफ्नो ग्लासेसबाट हेरिरहेको कुरालाई साझा गर्न दिनेछ भने मेटा एआईले उनीहरूलाई दैनिक गतिविधिहरूमा मद्दत गर्न सक्ने बताइएको छ। साथै लाइभ एआईको साथ, प्रयोगकर्ताहरूले सधैं “हे मेटा” नभइकन प्रश्नहरू सोध्न सक्ने थप उल्लेख गरिएको छ।

यस बाहेक, मेटाले आफ्नो स्मार्ट ग्लासेसमा लाइभ ट्रान्सलेसन पनि ल्याउने भएको छ। अर्को भाषामा कसैसँग कुरा गर्दा, तपाईंले ग्लासेसको स्पिकरहरू मार्फत तिनीहरूले तपाईंको भाषामा के भनेका छन् भनेर सुन्न सकिने बताइएको छ। साथै यस वर्षको सुरुमा मेटाका सीईओ मार्क जुकरबर्गले यस फिचरलाई लाइभ टिज गरेका थिए।

मेटाका अनुसार, भी११ सफ्टवेयर अपडेट मंगलबारदेखि रे–ब्यान मेटा ग्लासेस प्रयोगकर्ताहरूका लागि रोल आउट सुरु भएको उल्लेख छ। यद्यपि, एआई सुविधाहरू केवल मेटाको प्रारम्भिक पहुँच कार्यक्रममा दर्ता भएकाहरूका लागि बिटामा उपलब्ध हुने उल्लेख गरिएको छ।

रे–ब्यान मेटा आफ्नो स्मार्ट ग्लासेसमा अपग्रेड गर्ने तरिकाः
१. आफ्नो फोनमा मेटा भ्यू एप खोल्नुहोस्
२. सेटिङ मेनु ट्याप गर्नुहोस्
३. तपाईंको ग्लासेस अप्सन छनौट गर्नुहोस्
४. अपडेटहरू ट्याप गर्नुहोस्

साथै यसको लागि तपाईंको चश्मा तपाईंको फोनमा पेयर्ड गरिएको अवस्थामा नजिकै हुनु पर्ने र अपडेट स्थापना गर्नु अघि रिचार्ज गरिएको हुनु पर्नेछ भनी ९टु५म्याकले उल्लेख गरेको छ।

प्रकाशित: ५ पुष २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार