Technology Khabar २ आश्विन २०७५, मंगलवार
काठमाडौं ।
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले चाडपर्वको अवसर पारेर नयाँ अफर ल्याएको छ ।
कम्पनीले ‘इन्टरनेट फरर, विदेश सरर’ ग्राहक योजना ल्याएको हो ।
सो योजनामा वर्ल्डलिंकको इन्टरनेट जोड्ने २३ जना भाग्यशाली जोडीहरुले पेरिस, थाइल्याण्ड, सिंगापुर, दुवई, बाली र मलेसियाको भ्रमण गर्ने अवसर पाउने कम्पनीले जानकारी दिएको छ।
वर्ल्डलिंक कम्युनिकेसन्सले २३ औं वर्ष पुरा गरेको खुसीयालीमा ती भाग्यशाली विजेताहरुलाई उपहार स्वरुप भ्रमणको अवसर प्रदान गर्न लागेको हो।
यसै अवसरमा ग्राहकले वर्ल्डलिंकको इन्टरनेट खरिद वा नविकरण गर्दा समेत भारी छुट पाउने छन् ।
नयाँ इन्टरनेट जोड्दा र नविकरण गर्दा ग्राहकले एकवर्षको शुल्क भुक्तानी गरे ४० प्रतिशत छुटसमेत पाउने कम्पनीले जनाएको छ । यसरी इन्टरनेट जोड्दा ग्राहकले छुटसँगै निशुल्क सेटअप बक्ससहित १२ महिनासम्म नेटटिभी (आइपी टिभी) प्राप्तगर्ने कम्पनीले उल्लेख गरेको छ।
प्रकाशित: २ आश्विन २०७५, मंगलवार