ज्योति समूह पद्म ज्योति समूहमा रुपान्तरण भएको घोषणा

  • Technology Khabar | ३० मंसिर २०८१, आईतवार
ज्योति समूह पद्म ज्योति समूहमा रुपान्तरण भएको घोषणा

काठमाडौं ।

औद्योगिक तथा व्यवसायीक घराना ज्योति ग्रुप दुई व्यावसायिक ग्रुपमा विभाजन भएको छ। एक सय वर्ष पुरानो इतिहास भएको ज्योति समूह औपचारिक रूपमा अलग भएको हो।

ज्योति समूहलाई आज एक कार्यक्रममा पद्म ज्योति समूहमा रूपान्तरण गरी विकास र सृजनशीलताको नयाँ यात्राको सुरुवात भएको घोषणा गरिएको छ।

यसले धेरै बाधा र चुनौतीहरू पार गरेतापनि, यस समूह आफ्नो उत्कृष्टताको विरासतमा प्रतिबद्ध रहँदै, निरन्तर अघि बढिरहेको जानकारी दिईयो।

पद्मा ज्योति ग्रुपले गुणस्तरका लागि परिचित आफ्ना विश्वसनीय ब्रान्डहरूसँगै भविष्यलाई आकार दिन नयाँ योजना र रणनीतिहरू पनि ल्याइरहेको छ। ज्योति समूहबाट पद्म ज्योति समूहमा परिवर्तनले प्रगति, अनुकूलनता र नयाँ अवसरहरूको खोजीमा समर्पण जनाउने समूहको दाबी छ।

“हामी अगाडि बढिरहँदा, विकास र सृजनशीलताको लागि नयाँ अवसरहरू खोज्दै हाम्रा ग्राहकहरूले अपेक्षा गर्नुभएको उच्च गुणस्तर कायम राख्न प्रतिबद्ध छौं,” समूहले भनेको छ।

पद्म ज्योति समूहमा पद्म ज्योति, सौरभ ज्योति, सृजना शाक्य ज्योति, सुह्रिद ज्योति, र आरती ज्योतिको नेतृत्व रहने भएको छ।

प्रकाशित: ३० मंसिर २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...