सन् २०२४ मा सबैभन्दा लोकप्रिय फोनहरूको सूची सार्वजनिक, शीर्ष ३ मा आईफोन १५ सिरिजको बर्चस्व

Technology Khabar २६ मंसिर २०८१, बुधबार

काठमाडौं ।

काउन्टरपोइन्ट रिसर्च र क्यानालिस जस्ता विश्लेषणात्मक कम्पनीहरूले आफ्नो नियमित मोबाइल फोन बजार विश्लेषण प्रकाशित गरेका छन् र जसले सन् २०२४ को तेस्रो त्रैमासिकमा विश्वव्यापी बजारको अवस्थालाई जनाउँछ।

दुबै कम्पनीहरू जुलाई–सेप्टेम्बर अवधिमा सबैभन्दा लोकप्रिय फोनको लागि सहमत भएको र दुवैको सूचीमा स्ट्याण्डर्ड आईफोन १५ मोडेल रहेको टेलिग्राफले रिपोर्ट गरेको छ।

पहिलो तीन स्थानहरू एप्पलको आईफोन १५, आईफोन १५ प्रो म्याक्स र आईफोन १५ प्रो ले ओगटेका छन्। त्यसपछि ग्यालेक्सी ए१५ फोरजी, ग्यालेक्सी ए१५ फाइभजी, ग्यालेक्सी ए३५ फाइभजी र ग्यालेक्सी ए०५ र फेरि आईफोन १४ रहेको रिपोर्टमा उल्लेख गरिएको छ।

एप्पल र सामसङ मोडेलहरूको सूची नवौं स्थानमा रहेको रेडमी १३सी फोरजीले “ब्रेक” गरेको छ भने सामसङ ग्यालेक्सी एस २४ पनि शीर्ष १० मा रहेको उल्लेख गरिएको छ।

क्यानालिसको सूचीमा आईफोन १५ मोडेलको पछि सामसङको ग्यालेक्सी ए१५ रहेको छ भने त्यसपछि आईफोन १६ प्रो र आईफोन प्रो म्याक्स गरी दुई नयाँ आईफोनहरू रहेको बताइएको छ।

यद्यपि उक्त सूचीमा प्रिमियम खण्डबाट सामसङका मोडेलहरू नभएको बताइएको छ र तिनीहरू सबै मध्य–दायरा र तल्लो खण्डको भएको टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: २६ मंसिर २०८१, बुधबार

तपाइको प्रतिक्रिया