भारतद्वारा युरोपेली भूउपग्रह बोक्ने रकेट सफलतापूर्वक प्रक्षेपण

  • Technology Khabar | २२ मंसिर २०८१, शनिबार
भारतद्वारा युरोपेली भूउपग्रह बोक्ने रकेट सफलतापूर्वक प्रक्षेपण

काठमाडौं ।

भारतको अन्तरिक्ष एजेन्सी र भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले बिहीबार युरोपेली अन्तरिक्ष एजेन्सीको प्रोबा–३ भूउपग्रहहरू बोकेको पिएसएलभी–५९ रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ।

इसरो भारतको राष्ट्रिय अन्तरिक्ष निकाय हो। यो अन्तरिक्ष विभाग (डिओएस) को प्रमुख अनुसन्धान र विकास शाखाको रूपमा काम गर्दछ। एजेन्सीले स्याटेलाइट नेभिगेसन प्रणालीहरू सञ्चालन गर्दछ। हालसम्म यसले चन्द्रमामा तीनओटा र मंगल ग्रहमा एउटा मिशन पठाएको छ।

उक्त प्रक्षेपण दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटा क्षेत्रमा रहेको सतीश धवन अन्तरिक्ष केन्द्रबाट गरिएको हो।

पिएसएलभी रकेटमा रहेको प्रोबा–३ मिसनका दुई भूउपग्रहहरू प्रक्षेपणको केही मिनेटपछि सफलतापूर्वक अलग भएका इसरोले सामाजिक सञ्जमालमा उल्लेख गरेको छ। रासस/सिन्ह्वा

प्रकाशित: २२ मंसिर २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार