मतगणनाको अद्यावधिक परिणाम वेबसाइटमा हेर्न सकिने

  • Technology Khabar | १४ मंसिर २०८१, शुक्रबार
मतगणनाको अद्यावधिक परिणाम वेबसाइटमा हेर्न सकिने

काठमाडौं ।

आगामी मंसिर १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनको मतदानको परिणाम वेबसाइटमा हेर्न सकिने निर्वाचार आयोगले जनाएको छ। मतदान आइतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको मतदान केन्द्रमा हुने कार्यक्रम रहेको छ।

आयोगका अनुसार उक्त मतदान कार्य सम्पन्न भई सबै मतपेटिका तोकिएको मतगणना स्थलमा सङ्कलन भएपछि मतगणना कार्य प्रारम्भ हुनेछ। मतगणना परिणाम बारे निर्वाचनका सबै सरोकारवालाहरूको सहज पहुँच तथा जानकारीका लागि आयोगको वेबसाइबाट हेर्न सकिने गरी व्यवस्था मिलाइएको छ।

आयोगले आज एक विज्ञप्ति जारी गर्दै उपनिर्वाचन हुने नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ तथा वडा अध्यक्ष ३३ गरी जम्मा ४१ पदको मतगणनाको परिणाम समय-समयमा आयोगको वेबसाइट मा नै अद्यावधिक गरिने व्यहोरा राजनीतिक दल, उम्मेदवार, मतदाता, सञ्चार माध्यम लगायत सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरेको छ।

प्रकाशित: १४ मंसिर २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार