ओप्पो प्याड ३ लन्चः डाइमेन्सिटी ८३५० र ९५१० एमएएच ब्याट्री समावेश

Technology Khabar १३ मंसिर २०८१, बिहीबार

काठमाडौं ।

ओप्पोले आधिकारिक रूपमा रेनो १३ सिरिज स्मार्टफोनहरूसँगै ओप्पो प्याड ३ ट्याब्लेट प्रस्तुत गरेको छ। ओप्पो प्याड ३ मा हाई–रिफ्रेस डिस्प्ले र शक्तिशाली इन्टरनलहरू फिचर गरिएको र ट्याब्लेटको मूल्य २०९९ युआन (२९० अमेरिकी डलर) बाट सुरु हुने बताइएको छ।

१. ओप्पो प्याड ३ स्पेसिफिकेसनहरू
ओप्पो प्याड ३ मा २८०० × २००० पिक्सेलको रिजोल्युसन भएको ११.६१–इन्च २.८के एलसीडी डिस्प्ले फिचर गरिएको छ। यो ट्याब्लेट १४४ हर्ज रिफ्रेस रेट, ७०० निट्स पिक ब्राइटनेस, ७ः५ एस्पेक्ट रेसियो र ४८० हर्ज टच स्याम्पलिङ रेटसँग आउने बताइएको छ।

साथै यो ट्याब्लेट स्टाइलस इनपुट समर्थनको साथ न्यानो–टेक्स्चर्ड पेपर–लाइक राइटिङ टेक्नोलोजी (लेखन प्रविधि) को साथ आउने बताइएको छ जसले पेशेवरहरू र क्रिएटिभहरूका लागि रियलिस्टिक पेन–एण्ड–पेपर एक्सपिरियन्स (अनुभव) प्रदान गर्ने उल्लेख गरिएको छ।

त्यसैगरी यो ट्याब्लेट टीएसएमसीको उन्नत ४एनएम प्रोसेस र माली–जी६१५ एमसी६ जीपीयूमा निर्मित मिडियाटेक डाइमेन्सिटी ८३५० प्रोसेसरद्वारा सञ्चालित हुनेछ।

साथै यसले सिमलेस मल्टिटास्किङ र इफिसिएन्ट सञ्चालनको लागि १२जीबी एलपीडीडीआर५एक्स र्याम र ५१२जीबी यूएफएस ३.१ स्टोरेज (भण्डारण) समर्थन गर्ने उल्लेख गरिएको छ।

यो ट्याब्लेट एन्ड्रोइड–१५ आधारित कलरओएस १५ मा रन हुने बताइएको छ भने ओप्पो ट्याब्लेटमा यो अपरेटिङ सिस्टमको पहिलो कार्यान्वयन भएको उल्लेख गरिएको छ। कलरओएस १५ लाई ट्याब्लेटको उपयोगितालाई अप्टिमाइज गर्न डिजाइन गरिएको र जसले डिभाइको समग्र कार्यक्षमतालाई बढाउँदै धेरै प्रकारका मल्टिटास्किङ फिचर्सहरू र प्रयोगकर्ता–अनुकूल इन्टरफेस प्रदान गर्ने उल्लेख गरिएको छ।

२. मूल्य निर्धारण र उपलब्धता
ओप्पो प्याड ३ स्टार ट्र्याक ब्राइट सिल्भर, सनसेट पर्पल र नाइट ब्लू गरी तीनवटा रङ्गमा उपलब्ध रहेको बताइएको छ। साथै यो ट्याब्लेटको मूल्य निर्धारण विवरणहरू निम्नानुसार रहेका छन्ः

  • ८जीबी + १२८जीबीः २०९९ युआन (२९० अमेरिकी डलर)
  • ८जीबी + २५६जीबीः २३९९ युआन (३३१ अमेरिकी डलर)
  • ८जीबी + २५६जीबी म्याटः २५९९ युआन (३५८ अमेरिकी डलर)
  • १२जीबी + २५६जीबीः २६९९ युआन (३७२ अमेरिकी डलर)
  • १२जीबी + २५६जीबी म्याटः २८९९ युआन (४०० अमेरिकी डलर)
  • १२जीबी + ५१२जीबीः ३०९९ युआन (४२८ अमेरिकी डलर)

ओप्पो स्मार्ट किबोर्डको मूल्य ४९९ युआन (६९ अमेरिकी डलर) कायम गरिएको छ। साथै ट्याब्लेट र किबोर्ड दुवै चीनमा प्रि–अर्डरको लागि उपलब्ध रहेको छन् भने नोभेम्बर २९ तारिखदेखि बिक्री सुरु हुने गीज्मोचाइनामा उल्लेख छ।

प्रकाशित: १३ मंसिर २०८१, बिहीबार

तपाइको प्रतिक्रिया