एप्लिकेसन

एनपीएलको टिकट खल्तीबाटै काट्न मिल्ने, आधिकारिक टिकटिङ पार्टनर बन्यो ‘खल्ती डिजिटल वालेट’

एनपीएलको टिकट खल्तीबाटै काट्न मिल्ने, आधिकारिक टिकटिङ पार्टनर बन्यो ‘खल्ती डिजिटल वालेट’
Global IME Bank

डिजिटल वालेट ‘खल्ती’ले क्रिकेट एसोसिएसन नेपाल (क्यान) सँग सहकार्य गर्दै नेपाली क्रिकेट जगतको महाउत्सव, द फेस्टिभल अफ हिमालयज ‘नेपाल प्रिमियर लिग (एनपीएल)’ को पहिलो संस्करणमा आधिकारिक टिकटिङ पार्टनरको रूपमा साझेदारी गरेको छ।

यससँगै क्रिकेट प्रेमीहरूले खल्ती एप मार्फत सजिलैसँग टिकट ‘क्याच’ गर्न सक्ने भएका छन्। केही क्लिकमै खल्तीबाट टिकट काटेर फ्यानहरू स्टेडियममै पुगी आफ्नो मन पर्ने टिमलाई हुटिङ गर्न, प्रत्येक चौका, छक्का र विकेटको मजा लिन साथै खेलको सप्राइजिङ मोमेन्टहरू प्रत्यक्ष रूपमा नजिकैबाट अवलोकन गर्न सक्ने कम्पनीले जनाएको छ।

अनलाइन टिकटहरू अब खल्ती एपमा उपलब्ध छन् र क्रिकेट फ्यानहरूले खेलका टिकटहरू सजिलै लिन सक्नेछन्। पहिलो दिन, प्लेअफ र त्यसपछिका खेल हुने दिन बाहेक, प्रति दिन साधारण टिकटको मूल्य रु ३०० साथै भिआइपी टिकटको मूल्य रु ५०० तोकिएको छ भने  प्लेअफ र त्यसपछिका खेलका लागि भने टिकट चाँडै उपलब्ध हुने खल्तीले जनाएको छ।

साधारणको रु ४,४८० र भिआइपी टिकटको मूल्य ८,२४० रुपैयाँ तिरेर सबै खेलको एकमुस्ट – सिजन पास पनि लिन सकिनेछ।

मंसिर १५ बाट त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डमा सुरु हुन गइरहेको एनपीएलमा विराटनगर किन्ङ्स, जनकपुर बोल्ट्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी ८ वटा टोली सहभागी छन् भने राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता रहनेछ।

क्यानका सचिव, नेपाल क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का भन्छन्, “एनपीएलमा टिकटिङ पार्टनरको रूपमा खल्तीलाई पाउँदा हामी निकै उत्साहित छौँ। नेपाल क्रिकेटलाई विश्व सामु बलियो देखाउने यो अवसरमा सम्पूर्ण फ्यानहरूले, ग्राउन्डमै आएर साथ र सपोर्ट गर्नुहुनेछ भन्ने आशा गर्दछौँ। मंसिर १५ मा टीयू ग्राउन्डमै भेटौँला।”

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले खुसी व्यक्त गर्दै भने, ‘खल्ती र एनपीएलको यस नयाँ साझेदारी क्रिकेट प्रेमीहरूका लागि पक्कै पनि उत्साहको विषय हो। डिजिटल टिकटिङको क्षेत्रमा अग्रणी स्थान बनाएको खल्ती र क्रिकेट प्रेमीहरूको चाडपर्व एनपीएलको यस साझेदारीले सबै फ्यानहरूको क्रिकेट फेस्टिभलको यस अनुभवलाई उत्कृष्ट बनाउने कुरामा हामी विश्वस्त छौँ। हामी पनि क्रिकेट फ्यानको रूपमा अत्यन्त उत्साहित छौँ। हामी आशा गर्दछौँ सबैले बिना कुनै झन्झट, सहज ढङ्गले अनलाइन टिकट लिई खेलको भरपुर मज्जा लिनुहुनेछ। अब गुन्जिनेछ स्टेडियम, अब गुन्जिनेछ नेपाल।”

Sajilo Visa
easy care