नोकियाले बनायो ५ क्यामरा सेटअप भएको स्मार्टफोन, यस्तो छ नोकिया नाइनको डिजाइन

  • Technology Khabar | २२ भाद्र २०७५, शुक्रबार
नोकियाले बनायो ५ क्यामरा सेटअप भएको स्मार्टफोन, यस्तो छ नोकिया नाइनको डिजाइन

काठमाडौं ।

काठमाडौं । नोकियाको नयाँ स्मार्टफोन नोकिया नाइनको (Nokia 9) बारेमा धेरै समयदेखि विभिन्न समाचारहरु आइृरहेका छन तर अहिलेसम्म यो आधिकारिकरुपमा आईसकेको छैन् ।

तर अब भने नोकियाले नयाँ फोन नोकिया नाइन ल्याउने तयारी गरेको छ । कम्पनीले ल्याउन लागेको नोकिया ९ डिभाइसको इमेज लीक भएको छ । जसमा पाँचवटा रियर क्यामराहरु देखाईएको छ । नोकियाको फ्ल्यागशिप डिभाइसको रुपमा आउने यो स्मार्टफोन नोकिया ९ नै भएको दाबी गरिएको छ ।

हालसम्मको स्मार्टफोनहरु हेर्दा सबैभन्दा धेरै क्यामरा राखिएको स्मार्टफोनमा तीन क्यामरा राखिएको छ । ह्वावेको पी २० प्रोमा यो सुविधा रहेको छ । तर नोकियाले भने ५ क्यामरा भएको स्मार्टफोन ल्याउन लागको हो ।

सो तस्विर हेर्दा नोकिया ९ मा राखिएको ५ क्यामरा जेईस (ZEISS) कम्पनीले बनाएको देखिन्छ, किनकी त्यसमा सोहि कम्पनीको नाम लेखिएको छ । हालै जेईसले पेन्टा क्यामरा सेटअपको प्याटेन्ट दर्ता गरेको थियो ।

फोटोमा पाँच क्यामरा सेन्सरहरुमध्ये एक सेन्सर माथि, बीचमा दुई सेन्सरका साथमा एलईडी फ्ल्याश र अन्तिममा दुईवटा सेन्सर राखिएको देखिन्छ । माथिल्लो सेन्सरको साथमा आईआर फोकसिंगका लागि दिईएको छ । यी सबैको साइज एउटै प्रकारको रहेको छ ।

फोनको ब्याक प्यानलका लागि ग्लास प्रयोग गरिएको देखिन्छ । त्यस्तै सो स्मार्टफोनमा स्न्यापड्रागन ८४५ चीपसेट प्रयोग हुनसक्ने यसअघिको लीकमा बताईएको थियो ।

हालसम्म कुनै स्पष्ट जानकारी नआएको यो डिभाइस सन् २०१८ भित्र सार्वजनिक हुनसक्ने वा अर्को वर्षको शुरुवातमा लन्च हुनसक्ने अनुमान गरिएको छ ।

माध्यम

प्रकाशित: २२ भाद्र २०७५, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार