ओप्पो फाइन्ड एक्स८ र एक्स८ प्रो अन्तर्राष्ट्रिय मञ्चमा उपलब्ध

Technology Khabar ९ मंसिर २०८१, आईतवार

काठमाडौं ।

ओप्पोले गत महिना चीनमा फाइन्ड एक्स८ र फाइन्ड एक्स८ प्रो अनावरण गरेको थियो। इन्डोनेसियामा आयोजन गरिएको कार्यक्रममार्फत अब उक्त फोनहरू आधिकारिक रूपमा अन्तर्राष्ट्रिय मञ्चमा आइपुगको छ। साथै ओप्पोको फाइन्ड एक्स८ र फाइन्ड एक्स८ प्रो नोभेम्बर २३ तारिखदेखि खरीदको लागि उपलब्ध हुनेछन्।

उक्त दुई फोनहरूमा डाइमेन्सिटी ९४०० चिपसेटका साथै १,६०० निट्स पीक ग्लोबल ब्राइटनेसमा रेट (मूल्याङ्कन) गरिएको सुपर ब्राइट स्क्रिनहरू समावेश गरिएका छन्।

फाइन्ड एक्स८ सिलिरको पोर्टफोलियोमा भर्सटायल (बहुमुखी) क्यामरा प्रणाली रहेको बताइएको छ। भेनिला एक्स८ मा ३× अप्टिकल जुमको साथ ५० मेगापिक्सेलको ट्रिपल–प्रिज्म टेलिफोटो क्यामरा समावेश गरिएको छ भने एक्स८ प्रो मा ६× जुमको साथ दोस्रो पेरिस्कोप लेन्स समावेश गरिहेको बताइएको छ।

ओप्पो फाइन्ड एक्स८ को १२/२५६ जीबीको लागि १३,९९९,००० इन्डोनेसियाली रुपिया (८८० अमेरिकी डलर) र १६/५१२ जीबीको लागि १५,९९९,००० इन्डोनेसियाली रुपिया (१,००० अमेरिकी डलर) मूल्य कायम गरिएको छ। त्यसैगरी ओप्पो फाइन्ड एक्स८ प्रोको १६/५१२ जीबीको लागि १९,९९९,००० इन्डोनेसियाली रुपिया (१,२५० अमेरिकी डलर) को मूल्य कायम गरिएको छ।

यद्यपि मूल्यहरू अन्य अन्तर्राष्ट्रिय क्षेत्रहरूमा फरक हुन सक्ने बताइएको छ। उदाहरणका लागि, ओप्पो फाइन्ड एक्स८ को मूल्य भारतमा ६९,९९९ भारतीय रुपैयाँ (८३० अमेरिकी डलर) वा ७९,९९९ भारतीय रुपैयाँ (९४५ अमेरिकी डलर) हुने छ भने एक्स८ प्रोको मूल्य ९९,९९९ भारतीय रुपैयाँ (१,१८५ अमेरिकी डलर) हुने उल्लेख गरिएको छ।

त्यसका साथै ओप्पो युनाइटेड किंगडमले प्रो मात्र बिक्री गरिरहेको र यसको मूल्य १,०४९ पाउन्ड स्टर्लिंग (१,३२५ अमेरिकी डलर) तोकेको छ भने नेदरल्याण्डमा फोनको मूल्य १,१४९ यूरो हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ९ मंसिर २०८१, आईतवार

तपाइको प्रतिक्रिया