राइड सेयरिङ प्लेटफर्म ‘टुटल’ चालकमाथि यौन दूर्व्यवहारको आरोप

Technology Khabar १७ भाद्र २०७५, आईतवार

काठमाडौं ।

काठमाडौं । राइड सेयरिङ प्लेटफर्मको रुपमा दाबी गर्दै आएको टुटल(tootle)का चालकले एक सेवाग्राही युवतीलाई यौन दूर्व्यवहार गरेको आरोप लागेको छ ।

टुटल सर्भिसका चालकले सेवाग्राही युवतीलाई यात्राको समयमा यौन दूर्व्यवहार गरेको आरोप लागेको हो।

मिडिया रिपोर्टअनुसार भदौ १६ गते शनिवार कपनबाट ललितपुरको भैसेपाटी एरिया जाने समयमा लिएको टुटल सेवामा आबद्ध मोटरसाइकल चालक वीरेन्द्र शर्माले सेवाग्राही युवतीलाई यौन दूर्व्यवहार गरेको बताईएको छ । मोबाइलमार्फत टुटलको एपमार्फत सेवा माग गरेकी ती युवतीले स ७ प ७३५५ नम्बरको मोटरसाईकलका चालक शर्माले ‘सेक्स प्रस्ताव’ राखेको आरोप लगाएकी हुन् ।

सो बारेमा महानगरीय प्रहरी वृत सातदोबाटोमा मौखिक उजुरी गरेको र मुद्धाको लागि कानूनी प्रकृया पुर्याउन वकीलमार्फत आउनुपर्ने बताईएको मिडिया रिपोर्टमा उल्लेख छ ।

रिपोर्टअनुसार दूगड समूहले संचालन गरेको भनिएको टुटलले आफुलाई राइड सेयरिङ प्लेटफर्मको रुपमा प्रबद्र्धन गर्दै आएको छ । यसमा मोबाइल एपमार्फत अनुरोध पठाएर आफुले चाहेको सेवा लिन सकिन्छ । जसमा एपमार्फत पैसा भुक्तानी गरेर ट्याक्सीजस्तै सवारी साधनमा भाडामा यात्रा गर्न पाईन्छ । भाडाको लागि मोटरसाइकलमा ३ किलोमिटरसमम्मको ६० रुपैयाँ लाग्नेछ भने त्यसपछि प्रतिकिलोमिटरको १८ रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ ।

कम्पनीकाअनुसार ८ हजार भन्दा बढि मोटरसाइकलहरु काठमाडौं उपत्यकामा मात्र टुटलमा दर्ता भएका छन् ।

समाचार स्रोत

प्रकाशित: १७ भाद्र २०७५, आईतवार

तपाइको प्रतिक्रिया