१३ औं नाडा अटो सो भदौ २६ गतेदेखि आयोजना हुने

  • Technology Khabar | १७ भाद्र २०७५, आईतवार
१३ औं नाडा अटो सो भदौ २६ गतेदेखि आयोजना हुने

काठमाडौं ।

काठमाडौं । नाडा अटो मोबाईल्स एशोसिएशन अफ नेपालले १३ औं नाडा अटो सो भदौ २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ।

यस क्षेत्रमा भएको नाडाका कार्यबाहक अध्यक्ष कृष्णप्रसाद दुलालले आधुनिक एवं प्राविधिक विकासको प्रचार प्रसार गर्ने उद्देश्यले नाडा अटो सो गर्न लागिएको जानकारी दिए।

अटो शोमा ४ पाङग्रे, २ पाङग्रे र अटो कम्पोनेन्ट्सको अत्याधिक मागलाई ध्यानमा राखी यस वर्ष ३ वटा ह्याङगर राखिएको छ ।

६ दिन सम्म चल्ने सो मेलामा १९ वटा ब्राण्डाका ४ पाङग्रे २० वटा ब्राण्डका २ पाङग्रे सवारी साधनहरु रहेका छन भने साना ठूला सवारी तथा पार्टपूर्जा, लुब्रिकेन्ट्स लगायत १ सय ३४ वटा स्टल रहने नाडाले जानकारी दिएको छ ।

करिब ६० हजारले मेलाको अवलोकन गर्ने अनुमान गरिएको नाडा अटो शोमा प्रवेशका लागि टिकट शुल्क २ सय रुपैयाँ तोकिएको आयोजकले जानकारी दिएको छ।

प्रकाशित: १७ भाद्र २०७५, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • १७ भाद्र २०७५, आईतवार