आईफोनहरू अनलक गर्न प्रहरीलाई थप गाह्रो हुन सक्ने

  • Technology Khabar | २६ कार्तिक २०८१, सोमबार
आईफोनहरू अनलक गर्न प्रहरीलाई थप गाह्रो हुन सक्ने

काठमाडौं ।

एप्पलको मोबाइल अपरेटिङ सिस्टमको पछिल्लो संस्करणमा ल्याइएका नयाँ कोडले प्रहरी र चोर दुवैलाई आईफोन अनलक गर्न गाह्रो बनाउन सक्ने टेकक्रन्चले रिपोर्टमा भनेको छ।

४०४ मिडियाले बिहीबार रिपोर्ट गरेअनुसार अमेरिकी कानून प्रवर्तन अधिकारीहरूले एक अर्कालाई चेतावनी दिएका थिए कि फोरेन्सिक परीक्षणको लागि भण्डारण गरिएका फोनहरू आफैं रिबुट भइरहेको जस्तो देखिन्छ। रिबुट पछि, ती फोनहरूलाई पासवर्ड-क्र्याकिंग टूलहरूद्वारा अनलक गर्न गाह्रो हुन्छ।

यो रिबुट आईओएस १८.१ को साथ आईफोनहरू निश्चित समयको लागि अनलक नभएपछि भएको देखिन्छ। मोबाइल एनालाईसिस कम्पनी कोरेलियमका संस्थापक क्रिस वेडका अनुसार आईफोनहरू चौथो दिन लक भएको अवस्थामा रिबुट भएको देखिन्छ।

म्याथ्यू ग्रीन, एक क्रिप्टोग्राफर र जोन्स हप्किन्स विश्वविद्यालयका सहायक प्रोफेसरले यसलाई “सुरक्षाको सन्दर्भमा ठूलो सुधार” भनेर वर्णन गरेका रिपोर्टमा उल्लेख छ।

प्रकाशित: २६ कार्तिक २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार