Technology Khabar २५ कार्तिक २०८१, आईतवार
काठमाडौं ।
सामसङको आगामी सिरिज ग्यालेक्सी एस २५ को स्लिम मोडल ल्याउने चर्चा छ। एक रिपोर्टका अनुसार उक्त मोडलको नाम ‘ग्यालेक्सी एस२५ स्लीम (Galaxy S25 Slim)’ हुनसक्छ। यो फोन सामसङको प्रिमियम सिरिजको चौथो मोडल हुने बताइएको छ। यो अन्य सामसङ स्मार्टफोनको तुलनामा पातलो हुनेछ ।
कोरियन आउटलेट ईटीन्यूजको रिपोर्टमा दिइएको जानकारी अनुसार यो फोन अर्को वर्ष अप्रिल र जुन बीचमा लन्च गर्न सक्नेछ। श्रृंखलाका बाँकी मोडलहरू पहिले लन्च हुने अपेक्षा गरिएको छ।
सामसङ ग्यालेक्सी एस २५ लाईनअपमा तीन मोडलहरू समावेश हुनेछन्। यी मध्ये, ग्यालेक्सी एस २५ को मोडेल नम्बर एसएम-एस९३१ भनिन्छ। ग्यालेक्सी एस २५ प्लसको मोडेल नम्बर एसएम-एस९३६ र ग्यालेक्सी एस १५ अल्ट्राको मोडेल नम्बर एसएम-एस९३८ हो।
यी बाहेक, ग्यालेक्सी एस २५ सिरिजमा आउन सक्ने चौथो मोडलको बारेमा पनि छलफल भइरहेको छ। यो एसएम-एस९३७ मोडेल नम्बरको रूपमा पहिचान गरिएको छ। यसको अमेरिकी भेरियन्ट मोडेल नम्बर एसएम-एस९३७यु भनिन्छ, जुन जीएसएमए आईएमईआईमा स्पट गरिएको छ।
कम्पनीले प्रिमियम सिरिजमा स्लिम स्मार्टफोन ल्याएर आगामी आइफोनसँग प्रतिस्पर्धा गर्न चाहेको बताइएको छ। एप्पलले आगामी केही वर्षमा आइफोनको स्लिम मोडल ल्याउने तयारी गरिरहेको छ। सामसङले ६ देखि ७ महिना अगावै जीएसएमए आईएमईआईमा स्मार्टफोन लन्च गर्ने भएकाले आगामी वर्षको दोस्रो त्रैमासिकमा सामसङको नयाँ फोन लन्च हुन सक्छ ।
गुगलको पिक्सेल ९ए र एप्पलको आईफोन एसई४ पनि एकै समयमा लन्च हुन गइरहेको छ, त्यसैले स्पष्ट रूपमा सामसङ ग्यालेक्सी एस२५ स्लीम (Samsung Galaxy S25 Slim) ले यी सबै डिभाइससँग प्रतिस्पर्धा गर्नेछ। सामसंगको आगामी स्मार्टफोनको फिचर र स्पेकहरुको बारेमा धेरै जानकारी छैन। आगामी दिनहरूमा थप विवरणहरू आउन अपेक्षा गरिएको छ।
प्रकाशित: २५ कार्तिक २०८१, आईतवार