सञ्चार सेवा सहज बनाउन मन्त्री गुरुङको निर्देशन

  • Technology Khabar | २१ कार्तिक २०८१, बुधबार
सञ्चार सेवा सहज बनाउन मन्त्री गुरुङको निर्देशन
मनाङ, २१ कात्तिकः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ बुधबार मनाङको सदरमुकाम चामेमा रहेको दूरसञ्चार कार्यालय अनुगमनपश्चात् कर्मचारीलाई निर्देशन दिने क्रममा । तस्बिरः नवीन लामिछाने÷रासस

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार सेवा सहज बनाउन निर्देशन दिएका छन्।

सञ्चारमन्त्री गुरुङले आज जिल्ला हुलाक कार्यालयको अनुगमन गर्दै जिल्लाका सबै क्षेत्रसम्म सञ्चार सेवा सहज बनाउन निर्देशन दिएका हुन्। सो अवसरमा उनले टेलिफोन नेटवर्कका बारेमा स्थानीयको रायसुझाव लिएका थिए।

यसैगरी जिल्लास्थित सरकारी कार्यालयहरुको अनुगमनपछि सञ्चारमन्त्री गुरुङले बेँसीसहर–चामे सडक निर्माणलाई तीव्रता दिन आग्रह गरे। उनले भने, “हरेक क्षेत्रका व्यक्ति सञ्चार सेवाबाट वञ्चित हुनु हुँदैन, हुलाक र टेलिकम सेवालाई सहज बनाउन आवश्यक छ।” रासस

प्रकाशित: २१ कार्तिक २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...