नेपाल टेलिकमले कर्पोरेट ग्राहकहरुलाई सहुलियत दरमा मल्टिपल टिभी जडानको सुबिधा दिने

  • Technology Khabar | २१ कार्तिक २०८१, बुधबार
नेपाल टेलिकमले कर्पोरेट ग्राहकहरुलाई सहुलियत दरमा मल्टिपल टिभी जडानको सुबिधा दिने

काठमाडौं ।

नेपाल टेलिकमले कर्पोरेट ग्राहकहरुको मागलाई ध्यानमा राखी मल्टिपल टिभी जडान गर्ने व्यवस्था गरेको छ।

यस अन्तर्गत ४ ओटा वा सो भन्दा बढी टिभी जडान गर्ने कर्पोरेट ग्राहकहरुले सहुलियत दरमा बेसिक तथा प्रिमियम प्याकेजहरु खरिद गर्न सक्ने जानकारी दिएको छ।

चार देखि १० ओटा टिभी जडान गर्ने ग्राहकहरुले प्रति सेट टप बक्स रु २ हजार ९ सय अठ्तीस रुपैयाँमा १ वर्ष वारेन्टी सहित खरिद गर्न सक्नेछन् भने ११ ओटा भन्दा बढी टिभी जडान गर्ने ग्राहकहरुले प्रति सेट टप बक्स रु २ हजार ८ सय पच्चीस रुपैयाँमा १ वर्ष वारेन्टी सहित खरिद गर्न सक्ने कम्पनीका प्रवक्ता हरि ढकालले जानकारी दिए।

यस सेवा सम्बन्धी आवश्यक जानकारीका लागि १९८ कल गरेर वा नजिकैको कम्पनीको कार्यालयहरुमा सम्पर्क गर्न सकिने जनाएको छ।

प्रकाशित: २१ कार्तिक २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...