एनपीनगको दशौं संस्करण २५ देखि २९ नोभेम्बरसम्म पोखरामा हुने

  • Technology Khabar | २१ कार्तिक २०८१, बुधबार
एनपीनगको दशौं संस्करण २५ देखि २९ नोभेम्बरसम्म पोखरामा हुने

काठमाडौं ।

नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनग) को दशौं संस्करण एनपीनग १० (npNOG-10) आगामी २५ नोभेम्बर देखि २९ नोभेम्बर २०२४ सम्म पोखरामा आयोजना हुँदैछ। यस कार्यक्रममा नेटवर्किङ र सूचना प्रविधि क्षेत्रका प्राविधिकहरुको ज्ञान र क्षमता वृद्धि गर्नका लागि कार्यशाला र सम्मेलन समेटिएको छ।

चारदिने कार्यशालामा नेटवर्क अटोमेशन र एडभान्स्ड राउटिङसम्बन्धी विधाहरू एपनिकबाट र इन्ट्रोडक्शन टु कन्टेनेराइजेशन सम्बन्धी विधा एनपीनगका प्रशिक्षकहरुबाट उपलब्ध गराइने जानकारी दिएको छ।

यस वर्षको पाठ्यक्रम सामग्री हालको नेटवर्क सिस्टम इन्जिनियरहरुका मागलाई सम्बोधन गर्नेगरी तयार गरिएको छ। २५-२८ नोभेम्बरसम्म कार्यशाला पछि २९ नोभेम्बरमा एक दिवसीय सम्मेलन आयोजना गरिनेछ।

रजिस्ट्रेशनमा २० प्रतिशत छुट र विशेष छात्रवृत्ति

नेपालको इन्टरनेट पूर्वाधारलाई सहयोग पुर्याउने एनपीक्स, एनआरईएन, र आइस्पानका सदस्यहरुलाई विशेष २० प्रतिशत छुट प्रदान गरिएको छ जुन नोभेम्बर १०, २०२४ सम्म मान्य हुने आयोजकले जनाएको छ।

रजिस्ट्रेशन अनलाइनमार्फत निम्न लिंकमा उपलब्ध छ:

 https://npnog.org.np/npnog10 

सूचना प्रविधि क्षेत्रमा समावेशिता र सहभागिता बढाउन एनपीनगले विशेष छात्रवृत्ति कार्यक्रमको व्यवस्था गरेको छ। यसमा महिला सहभागितालाई प्रोत्साहन गर्न ५० प्रतिशत छात्रवृत्ति महिला आवेदकहरूका लागि सुरक्षित गरिएको छ।

नेपालको सूचना प्रविधि क्षेत्रमा प्राविधिक क्षमताको विकास गर्न एनपीनगले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताईएको छ। नेपालभरका सूचना प्रविधि प्राविधिकलाई प्रशिक्षण र नेटवर्किङको अवसर प्रदान गर्दै आएको एनपीनग १० मा सहभागी भई नेपालको आईसीटी इकोसिस्टमको हिस्सा बन्न र भविष्यको इन्टरनेट पूर्वाधारलाई सुदृढ बनाउने यस अभियानमा साथ दिन आयोजकले सबैलाई आग्रह गरेको छ।

प्रकाशित: २१ कार्तिक २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार