तेस्रो त्रैमासमा सामसङको आम्दानीमा सुधार, फोन बिक्रीमा २ प्रतिशतले वृद्धि

  • Technology Khabar | १७ कार्तिक २०८१, शनिबार

काठमाडौं ।

सामसङले सन् २०२४ को जुलाई–सेप्टेम्बरको आफ्नो वित्तीय परिणामहरू पोस्ट गर्दै बिक्री र सञ्चालन नाफा दुवै वार्षिक आधारमा सुधार भएको बताएको छ।

कम्पनीका लागि मेमोरी, सिस्टम एलएसआई र फाउन्ड्री व्यवसायहरू समावेश रहेको डीएस डिभिजन सबैभन्दा ठूलो योगदानकर्ता भएको उल्लेख गरिएको छ। यसले बिक्रीमा ७८ प्रतिशत वृद्धि र केआरडब्ल्यू ३.८६ ट्रिलियनको कुल नाफामा २०० प्रतिशत वृद्धि देखेको छ।

ग्यालेक्सी फोन, ट्याब्लेट र एसेसरिज बिक्री गर्ने एमएक्स व्यवसायले बिक्रीमा मामूली २ प्रतिशत वृद्धि गरेको भए तापनि नाफामा भने १४.५ प्रतिशत गिरावट आएको उल्लेख गरिएको छ। बजार विश्वव्यापी मुद्रास्फीतिबाट प्रभावित भएको हुनाले उक्त गिरावट आएको थप उल्लेख गरिएको छ।

सामसङले तेस्रो त्रैमासमा स्मार्टफोनको माग थोरै मात्र बढेको खुलासा गरेको छ।सुधारिएको फ्ल्यागशिप मोडेलको कारण बिक्री संख्या उच्च हुनुका साथै भौतिक लागतको बावजुद, नाफा क्रमिक रुपमा सुधार भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

अर्को त्रैमासिकका लागि मौसमीताका कारण बजार बढ्ने अपेक्षाहरू गरिएको छ जसमा पश्चिमी युरोप र अमेरिकामा बिदाको मौसम समावेश रहेको छन्। साथै थ्यांक्सगिभिङ, ब्ल्याक फ्राइडे र साइबर मनडे डिलहरू, क्रिसमस र नयाँ वर्ष जस्ता अवसरले थप उल्लेखनीय भूमिका निर्वाह गर्ने उल्लेख गरिएको छ।

त्यसैगरी कम्पनीहरूको एआई र परम्परागत सर्भरहरूमा लगानीद्वारा संचालित भएको मेमोरी व्यवसाय पनि बलियो रहेको उल्लेख गरिएको छ। केही इन्भेन्टरी समायोजनहरूले मोबाइल मागलाई असर गरेको र जसले च्यानल इन्भेन्टरीहरू बढाएर खरिद मागमा समायोजनहरू भएको थियो।

भविष्यको लागि बजार प्रवृत्ति समान रहने अनुमान गरिएको छ। यद्यपि, भूराजनीतिक मुद्दाहरू र प्रोत्साहन प्याकेजहरूले यसलाई असर गर्न सक्ने उल्लेख गरिएको छ।

उदाहरणका लागि, चीनले स्थानीय कम्पनीहरूमा लगानी गर्ने निर्णय गर्न सक्छ, र संयुक्त राज्यले पनि त्यसै गर्न सक्ने सम्भावना रहेको र जसले प्रभावकारी रूपमा सामसङको प्रदर्शनलाई हानि पुर्याउने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: १७ कार्तिक २०८१, शनिबार

तपाइको प्रतिक्रिया