तीन महिनामा नेपालमा ६ अर्ब बढीको विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात

  • Technology Khabar | १५ कार्तिक २०८१, बिहीबार
तीन महिनामा नेपालमा ६ अर्ब बढीको विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात

काठमाडौं ।

आर्थिक वर्ष २०८१/८१ को शुरुवाती तीन महिना अर्थात् असोज मसान्तसम्म  नेपालमा ६ अर्ब ११ करोड रुपैयाँ हाराहारीको २ हजार ५१८ थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को असोज मसान्तसम्मको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो।

प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार, जीप र भ्यान रहेका छन्। यो सूचीमा तीनपाङ्रे र दुईपाङ्रे सावारी साधनलाई समावेश गरिएको छैन।

चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो महिना भदौभर नेपाल भित्रिएका चारपाङ्ग्रे सवारी साधनको समग्र मूल्य ३ अर्ब ८२ करोड ७४ लाख ९१ हजार रुपैयाँ रहेकोमा असोज मसान्तसम्म आइपुग्दा ६ अर्ब ११ करोड ६० लाख ६२ हजार रुपैयाँ पुगेको हो।

भन्सार विभागका अनुसार यस अवधिमा चीन, भारत र जर्मनीगरी विश्वका तीन देशबाट ती सवारी साधन भित्रिएका हुन्।

यस्तो छ विवरण:

५० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
कार, जीप र भ्यान चीन ५० किलोवाटसम्म ३९९ ७७, ७५, ६४, ०००
कार, जीप र भ्यान भारत ५० किलोवाटसम्म ३७३ ६१, ४३, ७५, ०००

 

५१ देखि १०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
कार, जीप र भ्यान चीन ५१ देखि १०० किलोवाटसम्म १, २०८ ३, ४०, ५२, ९९, ०००
कार, जीप र भ्यान भारत ५१ देखि १०० किलोवाटसम्म ३७४ ७५, ८१, ३२, ०००

 

१०१ देखि २०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
कार, जीप र भ्यान चीन १०१ देखि २०० किलोवाटसम्म १५४ ५०, १४, ९९, ०००
कार, जीप र भ्यान सं. रा. अमेरिका १०१ देखि २०० किलोवाटसम्म ४१, १४, ०००
कार, जीप र भ्यान जर्मनी १०१ देखि २०० किलोवाटसम्म २, ८२, ७३०००

 

२०१ देखि ३०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
पिक पावरयुक्त कार, जीप र भ्यान चीन २०१ देखि ३०० किलोवाटसम्म ९९, ७०, ०००
पिक पावरयुक्त कार, जीप र भ्यान जर्मनी २०१ देखि ३०० किलोवाटसम्म ८५, १२, ०००

 

३०० किलोवाटदेखि माथिको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
पिक पावरयुक्त कार, जीप र भ्यान चीन  ३०० किलोवाटदेखि माथि ८३, २३, ०००

प्रकाशित: १५ कार्तिक २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार