Technology Khabar १५ कार्तिक २०८१, बिहीबार
काठमाडौं ।
भारतबाट एप्पलको आईफोन निर्यात पछिल्लो ६ महिनामा (सेप्टेम्बर सम्ममा) एक तिहाइले बढेको बताइएको छ। आईफोन निर्माताले कथित रूपमा ६ बिलियन अमेरिकी डलर मूल्यको स्मार्टफोनहरू निर्यात गरेको छ जुन बजार मूल्य नभएर अनुमानित कारखाना गेट भ्यालु भएको उल्लेख गरिएको छ।
साथै यी संख्याहरू जानकार व्यक्तिहरूबाट आएको ब्लूमबर्गले रिपोर्टमा उल्लेख गरेका छ। यो संख्याहरूको साथ आर्थिक वर्ष २०२४ मा वार्षिक निर्यात १० अर्ब डलर पुग्ने बाटोमा रहेको थप उल्लेख गरिएको छ ।
बढ्दो तनावको बीचमा चीनमा आफ्नो निर्भरता घटाउने प्रयासमा एप्पलले भारतमा आफ्नो उत्पादन पूर्वाधारलाई तीव्र गतिमा विस्तार गरेको हो भने यसले २०१७ देखि भारतमा आईफोनहरू उत्पादन गर्न थालेको उल्लेख गरिएको छ। त्यसैगरी ब्लूमबर्गको रिपोर्टले स्थानीय अनुदान, दक्ष जनशक्ति र देशको प्राविधिक क्षमताहरूलाई वृद्धिको उत्प्रेरकको रूपमा उद्धृत गरेको छ।
आर्थिक वर्षको पहिलो पाँच महिनामा भारतको स्मार्टफोन निर्यातको ठूलो हिस्सा आईफोन भएको र भारतले अमेरिकामा २.८८ बिलियन डलरको आईफोन निर्यात गरेको उल्लेख गरिएको छ। एप्पलले आफ्नो केही उत्पादन भारतमा सार्न अघि ५.२ मिलियन अमेरिकी डलरको तुलना कम्पनीको हालको उक्त निर्यात संख्य निकै उल्लेखनिय भएको थप उल्लेख गरिएको छ।
यद्यपि, बजारको रूपमा भारतमा शाओमी, ओप्पो र भिभो जस्ता चिनियाँ ब्रान्डहरूको प्रभुत्व कायम रहेको छ भने यस बजारमा आईफोनले स्मार्टफोन बिक्रीको ७ प्रातिशत मात्र ओगटेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १५ कार्तिक २०८१, बिहीबार