चार ठूला ‘सम्भावित रूपमा खतरनाक’ क्षुद्रग्रहहरू पृथ्वीतिर आउँदै 

Technology Khabar १२ कार्तिक २०८१, सोमबार

काठमाडौं ।

चारवटा ठूला “सम्भावित रूपमा खतरनाक” क्षुद्रग्रहहरू बिहीबार पृथ्वीबाट गुज्रने अपेक्षा गरिएको छ भने उक्त चारवटा ठूला क्षुद्रग्रहहरूमध्ये एउटा क्षुद्रग्रहको आकार गगनचुम्बी भवनको जत्रो भएको खगोलविद्हरूले बताएका छन्।

यी क्षुद्रग्रहहरू १००फिट देखि ५८०फिट सम्म रेञ्जका रहेका र यीमध्ये दुईवटा अन्तरिक्ष चट्टानहरू यस महिनाको सुरुमा मात्र फेला परेका थिए भनि नासाको एस्टेरोइड वाच ड्यासबोर्ड उल्लेख गरेको छ।

तीमध्ये सबैभन्दा ठूलो क्षुद्रग्रहलाई ‘२००२ एनभी१६’ भनेर डब गरिएको छ जुन ५८०फिट (१७७एम) चौडा रहेको र लगभग ३.५० बजे (यूटीसी) पृथ्वीबाट ४.५ मिलियन किमी (२.८ मिलियन माइल) को न्यूनतम दूरीमा आईपुग्ने द इन्डिपेन्डेन्ट ले उल्लेख गरेको छ।

यद्यपि यसले आफ्नो हालको पासिङ्गमा पृथ्वीलाई कुनै खतरामा नपार्ने उल्लेख गरिएको छ। साथै त्यस्ता ठूला चट्टानहरूलाई प्लानेट–वाइड इफेक्ट (ग्रह–व्यापी प्रभावहरू) का साथ सम्पूर्ण शहरहरूलाई समतल पार्न सक्ने सम्भावनाको लागि “सिटी किलर” भनिने गरिएको छ।

त्यसैगरी ‘२०२४ टीआर६’ नामको अर्को अन्तरिक्ष चट्टान लगभग ५० मिटर चौडा रहेको छ र जुन केहि मिनेट पछि ग्रहको ५.६ मिलियन किमी (३.५ मिलियन माइल) भित्र आउनेछ।

यी मध्ये दुईवटा क्षुद्रग्रहहरू ‘२०२४ टीआर६’ अक्टोबरको ७ तारिखमा र ‘२०२४ टीपी१७’ अक्टोबरको १२ तारिखमा गरि यसै महिनाको सुरुमा मात्र भेटिएको थप उल्लेख गरिएको छ।

नासाले पृथ्वीको तुलनात्मक रूपमा नजिक आइपुग्ने क्षुद्रग्रह र धूमकेतुहरूको लग राख्ने गरेको छ भने जसलाई एस्टेरोइड वाच ड्यासबोर्ड भनिने गरिन्छ।

यसले पृथ्वीबाट यी वस्तुको अनुमानित व्यास, सापेक्ष आकार, निकटतम पहुँचको मिति र दूरीबारे जानकाहरूको खुलासा गर्दछ। साथै यीमध्ये केही क्षुद्रग्रहहरूलाई ड्यासबोर्डद्वारा “सम्भावित रूपमा खतरनाक” को रूपमा वर्गीकृत गरिएको द इन्डिपेन्डेन्ट ले उल्लेख गरेको छ।

त्यसैगरी सूर्यको परिक्रमाले तिनीहरूलाई पृथ्वीको लगभग ४८ मिलियन किमी (३० मिलियन माइल) भित्र आउने लगभग १५० मिटर भन्दा ठूला अन्तरिक्ष चट्टानहरूलाई यो लेबल दिने गरिएको उल्लेख छ। तुलनाको लागि, पृथ्वी र चन्द्रमा बीचको औसत दूरी लगभग ३८५,००० किमी (२३९,००० माइल) रहेको छ।

हालसम्म, लगभग २५,००० ठूला क्षुद्रग्रहहरू सम्भावित “सिटी किलर” को रूपमा पत्ता लगाइएको थप उल्लेख गरिएको छ। तर यी क्षुद्रग्रहहरूले अपनाएको मार्गहरूको हालैको अनुमानले ती मध्ये कुनैले पनि ग्रहलाई अर्को १०० वर्षसम्म कुनै खतरा नहुने सुझाव दिएको उल्लेख गरिएको छ।

यद्यपि, भविष्यवाणी गरिएको पास भन्दा केही दिन अघि पत्ता लागेका क्षुद्रग्रहहरूसँग पृथ्वीको नजिकको भेटहरू पनि भएका छन्। त्यसैगरी अन्तरिक्ष चट्टानहरू ग्रहको वायुमण्डलमा प्रवेश गर्नुभन्दा केही घण्टा अघि मात्र पत्ता लगाइएको केही उदाहरणहरू पनि रहेका छन्।

साथै सरकारहरूले सम्भावित खतरनाक स्पेस चट्टानहरू चाँडै पत्ता लगाउन काम गरिरहेको उल्लेख गरिएको छ। सन् २०३० मा लन्च हुने ईएसएको निओमिर अबजर्भेटरीले सूर्य र पृथ्वीको बीचमा परिक्रमा गर्नेछ र त्यस्ता क्षुद्रग्रहहरूबारे प्रारम्भिक चेतावनी दिने बताइएको छ।

प्रकाशित: १२ कार्तिक २०८१, सोमबार

तपाइको प्रतिक्रिया