Technology Khabar ११ कार्तिक २०८१, आईतवार
काठमाडौं ।
उद्योग निकाय जीएसएमएको एक प्रतिवेदनले विश्वको ४३ प्रतिशत जनसंख्याले अझै पनि मोबाइल इन्टरनेट प्रयोग नगर्ने उल्लेख गरेको छ। जीएसएमएले किफायती डिभाइस नहुनु र डिजिटल सीप नहुनुलाई मुख्य बाधाका रूपमा हाइलाइट गरेको छ।
जीएसएमएले आफ्नो स्टेट अफ मोबाइल इन्टरनेट कनेक्टिभिटी २०२४ को रिपोर्टमा यस्तो संख्या ३ अर्ब ४५ करोड रहेको बताएको छ। लगभग १६ करोड मानिसहरूले सन् २०२३ मा पहिलो पटक मोबाइल इन्टरनेट प्रयोग गर्न थालेका थिए, जुन सन् २०२२ को समान स्तरको हो, तर २०१५ देखि २०२१ बाट यो संख्या घटेको छ। उक्त अवधिमा वार्षिक २० करोड प्रयोगकर्ता थपिएका थिए।
यूके फरेन, कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस (एफसीडीओ) र स्वीडिश इन्टरनेशनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिडा) को सहयोगमा जीएसएमए मोबाइल फर डेभलपमेन्ट फाउन्डेसनमार्फत तयार पारिएको प्रतिवेदनले मानिसहरूलाई मोबाइल सेवामा पहुँच गर्नबाट रोक्ने बाधाहरूको बारेमा प्रकाश पारेको छ। यसले यी चुनौतीहरूलाई सम्बोधन गर्न सरकार, मोबाइल नेटवर्क अपरेटरहरू र अन्तर्राष्ट्रिय संस्थाहरू बीच सहकार्यको लागि आह्वानसमेत गरेको छ।
प्रतिवेदनले ४.६ अर्ब मानिसहरूले आफ्नै डिभाइसहरूमा मोबाइल इन्टरनेट प्रयोग गरिरहेको देखाएको छ, जबकि ३५ करोड मानिसहरू (जनसंख्याको ४ प्रतिशत) मोबाइल नेटवर्क बिना दुर्गम क्षेत्रमा बस्छन्। थप चिन्ताको विषय भनेको ३.१ अर्ब मानिसहरू (३९ प्रतिशत जनसंख्या) मोबाइल नेटवर्कको कभरेज क्षेत्र भित्र बस्छन् तर सेवाहरू प्रयोग गर्दैनन्।
विश्वव्यापी रूपमा सबैभन्दा कम जडान भएको क्षेत्र सब-सहारा अफ्रिका हो, जहाँ जनसंख्याको २७ प्रतिशतले मात्र मोबाइल इन्टरनेट सेवाहरू प्रयोग गर्दै आएका छन्।
जीएसएमएले बताएअनुसार, उपयोग अन्तर (३.१ अर्ब मानिस) लाई बन्द गर्दा सन् २०२३ र २०३० को बीचमा विश्वव्यापी अर्थतन्त्रमा ३.५ ट्रिलियन डलर योगदान हुनेछ, जसको ९० प्रतिशतले निम्न र मध्यम आय भएका देशहरू (एलएमआईसीज) लाई लाभान्वित गर्नेछ।
कभरेज ग्याप मुख्यतया गरिब, ग्रामीण क्षेत्रहरूमा पाइन्छ जुन कम जनसंख्या भएको, प्रायः कम विकसित, भूपरिवेष्ठित, वा सानो टापु राज्यहरू छन्। जीएसएमएले विश्वव्यापी मोबाइल इन्टरनेट पहुँचको लागि आवश्यक पूर्वाधार निर्माण गर्न ४१८ अर्ब डलर बिलियन लगानी आवश्यक पर्ने अनुमान गरेको छ।
किफायती डिभाइस र डिजिटल सीपहरू निम्न र मध्यम आय भएका देशहरूमा कनेक्सन नभएकाहरूको लागि मोबाइल इन्टरनेट पहुँचको लागि मुख्य बाधाहरू हुन्। मोबाइल फोनहरूको लागत यी स्थानहरूमा औसत मासिक ज्यालाको १८ प्रतिशतसम्म हुन सक्छ, जुन २० प्रतिशत गरिब जनसंख्याको लागि ५१ प्रतिशतले वृद्धि हो।
उप-सहारा अफ्रिका विश्वव्यापी जडान नभएको एक चौथाई क्षेत्र हो, यस क्षेत्रको सबैभन्दा गरिब २० प्रतिशतको लागि औसत मासिक आम्दानीको ९९ प्रतिशत भन्दा बढी मोबाइल फोनको लागत आउँछ।
प्रकाशित: ११ कार्तिक २०८१, आईतवार