नन्–प्रो आईफोन १६ मोडेलहरूले अत्यधिक माग रहेको विश्लेषकको दावी

Technology Khabar १२ कार्तिक २०८१, सोमबार

काठमाडौं ।

आईफोन १६ र १६ प्लसले अत्यधिक मागको सामना गरिरहेको र एप्पलले भने कथित रूपमा अब अहिलेदेखि लिएर अर्को वर्षको पूर्वार्द्धको बीचमा अर्डरहरु १० मिलियन युनिटहरू घटाएको एप्पल विश्लेषक मिङ–ची कुओको पछिल्लो रिपोर्टमा उल्लेख गरेका छन्।

सन् २०२४ को चौथो त्रैमासमा कुल आईफोन १६ सिरिज उत्पादन अब ८० मिलियन युनिटहरू हुने अपेक्षा गरिएको छ। यो ८४ मिलियनको अघिल्लो अनुमान भन्दा कम हो भने गत वर्ष आईफोन १५ सिरिज भन्दा ९०–९१ मिलियन युनिटहरूबाट घटेको थप उल्लेख गरिएको छ।

त्यसैगरी आईफोन १६ सिरिजको उत्पादन सन् २०२५ को पहिलो त्रैमासमा ४५ मिलियन युनिटहरू र सन् २०२५ को दोस्रो त्रैमासमा ३९ मिलियन युनिटहरूमा झर्ने अनुमान गरिएको छ।

त्यसैगरी कुओले आईफोन १६ सिरिजको लागि डिमाण्ड ड्राइभर (मागको कारक) को रूपमा एप्पल इन्टेलिजेन्समा आफ्नो निराशावादी विचारहरू दोहोर्याएका छन्।

एप्पलले आफ्नो आगामी बजेट डिभाइस आईफोन एसई४ डिसेम्बरमा टिप अफ हुने र त्यहाँदेखि सन् २०२५ को पहिलो त्रैमासको बीचमा लगभग ८.६ मिलियन युनिटहरू उत्पादन गर्ने लक्ष्य राखेको कुओले सुझाव दिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: १२ कार्तिक २०८१, सोमबार

तपाइको प्रतिक्रिया