काठमाडौं ।
काठमाडौं । ओपोले नयाँ स्मार्टफोन ओपो एफ नाइन प्रो (Oppo F9 Pro) सार्वजनिक गरेको छ । कम्पनीले ओपो एफ नाइनको भारतका लागि स्ट्याण्डर्ड भर्सन ओपो एफ नाइन प्रो मंगलबार लन्च गरेको हो ।
यो स्मार्टफोन यसअघिको एफ सेभेको जस्तै सेल्फी केन्द्रित स्मार्टफोन हो ।
ओपोको नयाँ स्मार्टफोन नाइन प्रोलाई कम्पनीले वाटरड्रप नोच डिजाइनको स्मार्टफोनको रुपमा परिचित गराउँदै आएको छ, जसको डिस्प्लेको माथिल्लो भागमा निकै सानो नोच डिजाइन रहेको छ ।
ओपो एफ नाइन प्रोमा ६.३ इन्चको फूलएचडी प्लस डिस्प्ले राखिएको छ भने जसमा १९.५ः९ एस्पेक्ट रेसियो रहेको छ ।
फोनमा मिडिया टेक हेलियो पी ६० प्रोसेसर प्रयोग गरिएकोछ भने ५ जीबी र्याम तथा ६४ जीबीको आन्तरिक स्टोरेज रहेको छ । यसको स्टोरेज माइक्रो एसडी कार्डद्धारा २५६ जीबीसम्म बढाउन सकिन्छ । यो फोनमा दुई नानो सिम कार्ड प्रयोग गर्न सकिन्छ वा एउटा सिम र मेमोरी कार्ड राख्न सकिन्छ ।
एफ नाइन ४ जीबी र्याम र ६ जीबी र्याममा सार्वजनिक भएकोमा एफ नाइन प्रो भारतमा ६ जीबी र्याममा मात्र सार्वजनिक भएको हो ।
फोटोका लागि फोनमा १६ मेगापिक्सेको मूख्य सेन्सर तथा २ मेगापिक्सेलको सेकेण्डरी सेन्सरसहितको ड्यूल रियर क्यामरा सेटअप छ भने सेल्फीका लागि फ्रन्ट क्यामरा २५ मेगापिक्सेल सहितको छ । फोनको पछाडिको भागमा फिंगरप्रिन्ट सेन्सर राखिएको छ ।
ओपो एफ नाइन प्रोमा ३,५०० एमएएचको ब्याट्रि पावर छ जसको लागि अल्ट्रा फास्ट भूओओसी (ultra fast charge VOOC) फ्ल्यास चार्जिंग टेक्नोलोजी राखिएको छ । कम्पनीले केबल ५ मिनेटको चार्जमा २ घण्टासम्मको टक टाइम फोनमा दिने दाबी गरेको छ ।
एन्ड्रोयड ओरियो ८.१ अपरेटिंग सिस्टममा आधारित ओपोको कलर ओएस ५.२ कस्टम यूआईमा संचालन हुने ओपो एफ नाइन प्रो फोन भारतमा २३,९०० भारुमा उपलब्ध हुनेछ ।
फोनमा फोरजी भीओएलटिई, वाईफाई, ब्लूटूथ, जीपीएस, माइक्रो यूएसबी, र ओटिजी फीचर राखिएको छ ।
यो फोन सनराइज रेड, ट्विलाईट ब्लू, र स्टेरी पर्पल कलर अप्सनमा उपलब्ध हुनेछ भने यसमा एक पटकको लागि डिस्प्ले रिप्लेसमेन्ट अफरसहित अन्य अफरहरुका साथमा भारतीय ईकमर्श फ्लीपकार्ट र एमेजनमा उपलब्ध हुनेछ ।
अगस्ट ३१ देखि भने रिटेल स्टोर्समा पनि उपलब्ध हुने बताईएको छ ।
[poll id=”2″]
प्रकाशित: ५ भाद्र २०७५, मंगलवार