Technology Khabar ४ कार्तिक २०८१, आईतवार
काठमाडौं ।
दोलखाको भीमेश्वर नगरपालिका-१, सुस्पा बढी पानी पर्ने स्थानका रूपमा परिचित छ। यस ठाउँलाई पहिरो जान सक्ने अति जोखिमका रूपमा राखेर भीमेश्वर नगरपालिकाबाट पहिरो एप अलर्ट भीमेश्वर जडान गरिएको छ।
तयार पारिएको एप जडान गरेका कारण आफ्नो वडाबासीलाई पानीको मात्रा र पहिरो जान सक्ने अबस्थाबारे सुसूचित गराउन सकिएको बडा नं. १ का बडाध्यक्ष माधत्र थामीले बताए। उनका अनुसार यहाँ जडित उपकरणमार्फत विशेषगरी तीन वटा विषयमा जानकारी हुनेछ।
पहिलो यस स्थानमा पानी कहाँ कति परिरहेको छ भन्ने कुरा मोबाइलमा थाहा हुन्छ। दोस्रो २४/२४ घण्टामा रिपोर्ट मोबाइलमा आउने गर्छ। तेस्रो माटोको चिसोपन कत्तिको छ भन्ने कुरा पनि यसै एपमार्फत जानकारी हुन्छ। यसका अतिरिक्त जमिनमा हलचल आएको छ कि छैन भन्ने कुरा पनि एपबाट प्राप्त हुँदै आएको छ।
यो उपकरण जडान गरेपछि दुई पटक पहिरोको पूर्वानुमान गरेर नागरिकलाई सन्देश पठाएको र सुरक्षित ठाउँमा जान सजिलो भएको वडाध्यक्ष थानीको अनुभव रहेको छ। २४ घण्टाभित्रै १२० मिलिमिटर पानी परेको हुँदा धेरै ठाउँमा सानातिना पहिरा गएका थिए। यो एपबाट पहिरोको अभिलेख हेर्दा वर्षायाममा एक सयभन्दा बढी सानाठूला पहिरा गएका छन्।
त्यसमध्ये पनि यस वर्ष बेसिम्पामा २५/३० सानातिना पहिरा गएको नगरपालिका नगर आपत्कालीन सञ्चालन केन्द्रको अभिलेखमा देखिन्छ। अत्यधिक वर्षा हुने भएकाले पनि बोसिम्पा पहिरोको उच्च जोखिममा छ।
युएसएआइडी नेपालको सहयोगमा भीमेश्वर नगरपालिका-१, बोसिम्पामा पूर्वसूचना प्रणाली अन्तर्गत उपकरण जडान गर्नुका अतिरिक्त नागरिक वैज्ञानिकमार्फत पनि वर्षाको मात्रा मापन र अध्ययन थालिएको छ।
एसिएन डिजास्टर प्रिपेयर्डनेस सेन्टर (एडिपिसी) को आर्थिक सहयोग र जल तथा मौसम विज्ञान विभागको प्राविधिक सहयोगमा भीमेश्वर नगरपालिकाभित्र नागरिक वैज्ञानिकसमेत खडा गरिएको छ।
प्रत्येक वडामा वर्षाको मात्रा मापन गर्न ५५ जनालाई तालिम प्रदान गरी कार्यक्षेत्रमा खटाइएको विपत् व्यवस्थापन सम्पर्क अधिकृत एवं पूर्वाधार विकास तथा बातावरण व्यवस्थापन शास्त्रा प्रमुख इन्जिनियर सुरेश राउतले जानकारी दिए।
तालिमप्राप्त नागरिक वैज्ञानिकले पनि आफ्नो टोलबस्तीमा कहाँ कति वर्षा भएको छ भन्ने कुरा सहजै जानकारी प्राप्त गर्न सक्छन् र ती कुरा सम्बन्धित निकायमा जानकारी गराउँछन्। पहिरो एप अर्थात् अलर्ट भीमेश्वरले सूचना विस्तृतीकरणमा झन् ठुलो टेवा पु-याएको छ।
अलर्ट भीमेश्वरलाई प्रभावकारी बनाउनका लागि नगर आपत्कालीन सञ्चालन केन्द्रले १५ जनाको टिममा म्यासेज पठाउने व्यवस्था गरेको छ । त्यस्तै २४ घण्टाको अवधिमा कहाँ कति पानी पन्यो भनेर सामाजिक सञ्जाल र स्थानीय एफएम रेडियोबाट समेत प्रसारण गर्दै आएको राउतले जानकारी दिए।
यस्तै पहिरो एप धादिङको नीलकण्ठ नगरपालिकामा पनि सञ्चालनमा ल्याइएको छ भीमेश्वर नगरपालिकाले सञ्चालन गरेको नगर आपत्कालीन सञ्चालन केन्द्रको रेकर्ड अनुसार भूकम्प आगलागी, चट्याङ, सडक दुर्घटना, जनावर आक्रमण, डुबान, विद्युत् दुर्घटना, महामारी, हावाहुरी, भूकम्पलगायतको घटनाभन्दा बढी बाढीपहिरोमै परेर मृत्यु भएको देखिन्छ ।
२०७७ सालदेखि २०७२ सालसम्मको डाटा अनुसार जिल्लाभर बाढीपहिरोमा १५० जनाको मृत्यु भएको देखिन्छ। त्यसैले पनि भीमेश्वर नगरपालिकालगायत युएसएआइडी तयार नेपालले विपतुलाई पहिलो प्राथमिकता दिएको छ । जसमध्ये पहिरोबाट जोगिनका लागि विभिन्न विधि अपनाएको छ ।
पहिरोमा आधारित पूर्वसूचना प्रणालीले पहिलो पटक भीमेश्वरलाई लाइभ डेटाको युगमा प्रवेश गराएको छ। यसबाट प्राप्त मौसमसम्बन्धी डाटा र मूलतः बर्सातको डाटाले प्रत्येक वर्ष मनसुन अवधिमा हुने सानाठूला पहिरो पूर्वतयारीमा महत्त्वपूर्ण योगदान दिएको छ।
यसलाई नै आधार मानेर भीमेश्वरले हाल जल तथा मौसम विभागको सहकार्यमा प्रभावमा आधारित पूर्वानुमान जारी गर्न थालेको छ। यसको सिकाइले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनामा महत्त्वपूर्ण कार्यहरू भएका छन्।
युएसएआइडी नेपालको सहयोगमा तीन तहका चार वटै क्षेत्रमा देखिने गरी भोमेश्वर नगरपालिकाले विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कार्यहरू सम्पादन गर्न सकेको नगर उपप्रमुख कमला बस्नेतले बताइन्। आजको गोरखापत्रबाट
प्रकाशित: ४ कार्तिक २०८१, आईतवार