Technology Khabar २ कार्तिक २०८१, शुक्रबार
काठमाडौं ।
एप्पलले आफ्नो एप्पल बिजनेस कनेक्ट कार्यक्रममा केहि नयाँ टुल्सहरू प्रस्तुत गरेको छ जुन दैनिक उपभोक्ताका लागि उपयोगी हुन सक्नेछ। साथै कार्यक्रममा प्रस्तुत गरिएको सबैभन्दा उल्लेखनीय अपडेट भनेको बिजनेस कलर आईडी आईडी भएको इनग्याजेटमा उल्लेख गरिएको छ।
यो फिचर अर्को वर्ष रोलआउट हुनेछ भने कुनै पनि आकारका कम्पनीहरूले दर्ता गरेपछि ग्राहकहरूसँग सम्पर्क गर्दा आफ्नो नाम, लोगो र विभाग देखा पर्नेछ। साथै यसले व्यवहारमा मानिसहरूलाई वैध व्यवसाय र स्प्यामबाट फोन कल बीचको भिन्नता छुट्याउन मद्दत गर्न सक्नेछ।
एप्पल बिजनेस कनेक्टले कम्पनीहरूलाई एप्पल इकोसिस्टममा विभिन्न एपहरूमा कसरी देखा पर्दछ भन्ने कुरामा थप नियन्त्रण गर्न सहयोग गर्नेछ। सन् २०२३ मा एप्पलले म्याप्स, म्यासेजेज, सिरी र वालेटमा तिनीहरूको सूचीकरणको लागि बिजनेस कस्टमाइजेसन (व्यवसाय अनुकूलन) प्रदान गरेको थियो।
इनग्याजेटका अनुसार पछिल्लो अपडेटहरूले ब्रिक–टु–मोर्टार स्थान नभएकाहरूका साथै अन्य कम्पनीका लागि बिजनेस कनेक्ट ब्रान्डिङ टुल्सहरू उपलब्ध गराउने छ। बिजनेश कलर आईडीको अन्तिम रोलआउटको अतिरिक्त, कार्यक्रमले मेल र फोन एपहरू भित्र ब्रान्ड इन्फो पनि थपिरहेको छ। यसबाहेक सहभागी कम्पनीहरूले कन्ट्याक्टलेस पेमेन्टका लागि ट्याप टु पे फिचरमा आफ्नो लोगो पनि थप्न सक्नेछन्।
प्रकाशित: २ कार्तिक २०८१, शुक्रबार