ताजा समाचार

स्पेसएक्स स्टारशिपको पाचौं परीक्षण उडान सफल, ‘मेकानिकल आर्म’ले हावामै समात्यो ‘सुपर हेभी बुस्टर’

स्पेसएक्स स्टारशिपको पाचौं परीक्षण उडान सफल, ‘मेकानिकल आर्म’ले हावामै समात्यो ‘सुपर हेभी बुस्टर’
Global IME Bank

स्पेसएक्सले यसको सबैभन्दा महत्वाकांक्षी स्टारशिपको पाचौं परीक्षण उडान सफलताका साथ पुरा गरेको छ। यसमध्येको सबैभन्दा महत्वपूर्ण स्पेसएक्सको बुस्टरलाई लन्चप्याडमा राखिएको ‘मेकानिकल आर्म’ले पहिलो पटक ल्याण्डिङ्ग समयमा समात्न सफल भएको छ।

कम्पनीको स्टारशिप परीक्षण प्रक्षेपण, स्टारशिप फ्लाइट ५ आधिकारिक रूपमा दक्षिण टेक्सासको बोका चिका बीच नजिकैको कम्पनीको स्टारबेस सुविधाबाट उडान गरेको थियो। स्टारशिप फ्लाइट ५ नेपाली समयअनुसार आइतबार बेलुका करिब साढे ५ बजे उडेको थियो। यो प्रक्षेपणलाई कम्पनीले एक्स प्लेटफर्ममा समेत प्रत्यक्ष प्रशारण गरेको थियो।

कम्पनीले दुई स्टेजमा स्टारशिप रकेटलाई तयार पारेको छ। यसको पहिलो भागलाई बुस्टर भनिन्छ भने माथिल्लो भागलाई स्टारशिप भनिन्छ।

यसले ऐतिहासिकरुपमा पहिलो पटक स्टारशिप बुस्टरलाई मेकानिकल हात (जसलाई कम्पनीले मेकाजिल्ला भन्ने गर्दछ) ले समात्न सफल भएको छ।

फ्लाइट ५ स्पेसएक्सको विशाल स्टारशिप र सुपर हेभी रकेटको पाँचौं परीक्षण उडान हो। यो संसारको सबैभन्दा ठूलो र सबैभन्दा शक्तिशाली बूस्टर हो। प्रणाली स्टारशिप प्रक्षेपणको टर्नअराउन्ड समय छोटो बनाउन डिजाइन गरिएको थियो।

यो रकेट सिस्टम जब पूर्ण रूपमा जोडिन्छ, स्पेसएक्सको स्टारशिप र सुपर हेभी बूस्टर लगभग ४०० फिट अग्लो (१२२ मिटर) अग्लो हुन्छ, जसलाई ३३ र्याप्टर इन्जिनहरूले सुपर हेभी पहिलो चरणमा शक्ति दिन्छ जबकि छओटा र्याप्टर इन्जिनहरूले स्टारशिप स्पेसक्राफ्टलाई शक्ति दिन्छ।

स्पेसएक्स जुन ६ मा फ्लाइट ४ परीक्षण उडानमा पहिलो पटक स्टारशिपको साथ अन्तरिक्षमा पुग्यो, तर स्टारशिप भेहिकलले पुन: प्रवेशको क्रममा आफ्नो पखेटामा केही जलेको अनुभव गर्यो। सुपर हेभीले मेक्सिकोको खाडीमा सफलतापूर्वक “सफ्ट ल्यान्डिङ” स्प्लासडाउन गरेको थियो।

कम्पनीले स्टारशिपमार्फत आगामी दिनमा चन्द्रमा र मंगलग्रहमा मानिसहरुलाई पुर्याउने लक्ष्य राखेको छ।

Sajilo Visa
easy care