‘स्मार्ट वेल्थ प्रो’ को साझेदारी कार्यक्रम : प्लेटफर्म प्रमोट गरेर आम्दानी गर्न सकिने

  • Technology Khabar | २३ आश्विन २०८१, बुधबार
‘स्मार्ट वेल्थ प्रो’ को साझेदारी कार्यक्रम : प्लेटफर्म प्रमोट गरेर आम्दानी गर्न सकिने

काठमाडौं ।

सेयर बजार विश्लेषण गर्ने प्लेटफर्म ‘स्मार्ट वेल्थ प्रो’ले आफ्नो विशेष साझेदारी कार्यक्रम सुरु गरेको गरेको छ। यसमा सेयर बजारमा आवद्ध व्यक्ति, कन्टेन्ट राइटर, सेयर बजार विश्लेषक र आम लगानीकर्ताले सहभागिता जनाउन सक्नेछन्। स्मार्टले आफ्नो प्लेटफर्म प्रमोट गर्नेलाई २० प्रतिशतसम्म कमिसन प्रदान गर्ने कम्पनीले जनाएको छ ।

‘हामीले वित्तीय साक्षरतामा सुधार ल्याउनुका साथै जो कोही लगानीकर्तालाई यस प्लेटफर्मबाट आम्दानी गर्ने अवसर प्रदान गर्ने कार्यक्रम प्रस्तुत गरेका छौं,’  सोर्स कोडका प्रमुख कार्यकारी अधिकृत अमोद भट्टराईले भने, ‘यो कार्यक्रम वित्त र लगानीमा रुचि राख्नेहरुका लागि उपयुक्त छ।’

स्मार्ट वेल्थ प्रोसँग किन साझेदारी गर्ने ?

‘स्मार्ट वेल्थ प्रो’ले सार्वजनिक गरेको साझेदारी कार्यक्रमलाई प्रमोट गर्ने जो कोहीलाई कमिसन प्राप्त हुने कम्पनीले जनाएको छ। प्लेटफर्म प्रमोट गर्नेलाई एउटा प्रोमो कोड प्राप्त हुनेछ। त्यो कोर्डको प्रयोग गरी स्मार्ट वेल्थ सब्स्क्राइब गर्नेले विशेष छुट पाउन सक्नेछ भने प्रमोट गर्नेलाई कमिसनको व्यवस्था छ।

कन्टेन्ट राइटिङ, युट्युब च्यानल, सामाजिक सञ्जाल वा कुनै पनि माध्यमबाट यसलाई प्रमोट गर्न सकिन्छ। प्रोमो कोडका लागि यस लिंकबाट रजिस्टर गर्न सकिने कम्पनीले जनाएको छ।

‘स्मार्ट वेल्थ प्रो सोर्स कोडद्वारा विकसित सेयर बजार विश्लेषण गर्न सकिने प्लेटफर्म हो । यसले लगानीकर्ता र ट्रेडरहरुका लागि उपकरणहरुको व्यापक सेट प्रदान गर्दछ। जसमा पोर्टफोलियो व्यवस्थापन, प्राविधिक संकेतहरु, क्यान्डलस्टिक प्याट्रन र थप धेरै समावेश छन्।

प्रकाशित: २३ आश्विन २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...