काठमाडौं ।
नेपालका लागि आईफोनको आधिकारिक बिक्रेता जेनेरेशन नेक्स्ट कम्युनिकेशन प्रालिले एप्पलको आईफोन १६ सिरिज बजारमा ल्याएको छ।
आईफोन १६ सिरिजमा अति विशिष्ट फिचरहरु जस्तै टाईटेनियम डिजाइन, क्यामेरा कन्ट्रोल, फोरके १२० डल्बी भिजनका साथै एआईएस प्रो चिप्स रहेका छन्।
आईफोन १६ ले यस पटकदेखि साथमा सिल्ड + समावेश गरेको छ जस्को मूल्य १३ हजार रुपैयाँ रहेको छ। यस अन्तर्गत एक वर्षको एक्स्टेन्डेड एक पटक फ्रन्ट स्क्रीन रिप्लेसमेन्ट र साथमा एक पटक ब्याक ग्लास रिप्लेसमेन्ट सुविधा रहेका छन्।
साथै प्रत्येक खरिदकर्ताले वीक्ली ड्र मार्फत आईफोन १६ प्रो म्याक्स,एप्पल वाच सिरिज १० र अन्य थुप्रै पुरस्कारहरु जित्न सक्ने जेनेरेशन नेक्स्टले जनाएको छ।
स्टाइलिश डिजाइन र फिचरहरुले भरिएको आईफोन १६ को बजार मूल्य रु १ लाख ५२ हजार ५ सयदेखि ३ लाख ८ हजारसम्म पर्ने कम्पनीले जनाएको छ।
यो योजनमा सहभागी हुनका लागि छिटो गरी आईफोन खरिद गर्न र खरिद गर्दा Gnext, MPIA को होलोग्राम चेक गर्न पनि कम्पनीको सुझाव छ। यो होलोग्राम भएको आईफोनमा मात्र सिल्ड प्लसको सुविधा रहेको पनि जनाइएको छ।
प्रकाशित: २३ आश्विन २०८१, बुधबार