Apple

एप्पलको पहिलो इन्टेलिजेन्स फिचरहरू अक्टोबर २८ मा आउने अपेक्षा

एप्पलको पहिलो इन्टेलिजेन्स फिचरहरू अक्टोबर २८ मा आउने अपेक्षा
Global IME Bank

एप्पल इन्टेलिजेन्सको रोल आउट अक्टोबर २८ देखि सुरु हुने ब्लूमबर्गका मार्क गुरम्यानले जनाएका छन्। साथै एप्पलले आईओएस १८.१, आईप्याडओएस १८.१ र म्याकओएस सेक्वोया १५.१ को रिलिजको लागि अक्टोबर महिना लक्षित गरेको भनि बताएको भए तापनि कम्पनिले उक्त समयमा फर्म रिलिज डेट (सटिक सार्वजनिक मिति) सेट नगरेको थप उल्लेख गरिएको छ। उक्त रिलिजले आईफोन १६ र अन्य एप्पल डिभाइसहरूमा केही पहिलो एप्पल इन्टेलिजेन्स फिचर्स (सुविधाहरू) ल्याउने उल्लेख गरिएको छ।

एप्पल इन्टेलिजेन्स फिचर्स (सुविधाहरू) को पहिलो लहरमा मेल, नोट्स, पजेस् र अन्य एप्सहरूको लागि स्मार्ट अडियो रेकर्डिङ र ट्रान्सक्रिप्सनहरूका साथै टेक्स्ट इडिटर, समराइजेसन टुल र राइटिङ टुल समावेश हुनेछन्।

त्यसैगरी फोटोमा नयाँ मेमोरी फिचर (सुविधा) पनि देखिने जनाइएको छ जुन ग्यालेरीमा रहेका इमेज (तस्बिर) हरूबाट चलचित्रहरू बनाउनको लागि प्रयोग गर्न सजिलो इडिटर (सम्पादन) को रूपमा डिजाइन गरिएको जनाइएको छ भने क्लिन अपले इमेजहरूको पृष्ठभूमिबाट वस्तुहरू हटाउन सक्ने थप उल्लेख गरिएको छ।

यसबाहेक च्याटजीपीटी इन्टिग्रेसन र जेनमोजी जस्ता अन्य एप्पल इन्टेलिजेन्स फिचर्स (सुविधाहरू) आईओएस १८ को पछिल्ला संस्करणहरूसँग आउने अपेक्षा गरिएको छ जुन यस वर्षको अन्त र सन् २०२५ को सुरुवातमा रोल आउट हुने इनग्याजेटले उल्लेख गरेको छ।

Sajilo Visa
easy care