सामसंगको ग्यालेक्सी एस १० स्मार्टफोनमा ट्रिपल क्यामरा सेटअप हुने

  • Technology Khabar | २९ श्रावण २०७५, मंगलवार
सामसंगको ग्यालेक्सी एस १० स्मार्टफोनमा ट्रिपल क्यामरा सेटअप हुने
Global IME Bank

काठमाडौं ।

काठमाडौं । सामसंगले भर्खर केहि दिन अघि मात्र आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी नोट नाइन सार्वजनिक गरेको छ । नयाँ फोन सार्वजनिक भएको केहि दिनभित्रै कम्पनीको आगामी वर्ष आउने नयाँ स्मार्टफोनको बारेमा रिपोर्टहरु आउन शुरु गरेको छ । कम्पनीले आगामी वर्ष ग्यालेक्सी एस नाइनको अपग्रेडेड भर्सन ग्यालेक्सी एस१० स्मार्टफोन लन्च गर्नेछ ।

सामसंगले ल्याउने नयाँ स्मार्टफोन ग्यालेक्सी एस १० मा ट्रिपल क्यामरा सेटअप हुने बताईएको छ ।

हालै आएको लीक रिपोर्टसअनुसार कम्पनीले तीन क्यामरा भएको स्मार्टफोनहरु तीन वटा भेरिएन्टमा ल्याउने छ ।

ईटि न्यूजको रिपोर्टअनुसार सामसंगले ग्यालेक्सी ए सिरिजको नयाँ फोनमा पनि तीन वटा क्यामरा दिनेछ । कम्पनीले ए सिरिजमा ए नाइन (२०१९) सार्वजनिक गर्ने छ जसमा तीन सेन्सर क्यामरा सेटअप हुने बताईएको छ । यस्तो भएमा यो कम्पनीको पहिलो मिड रेन्जको ट्रिपल क्यामरा सेटअप भएको फोन हुनेछ । यो फोनमा ३२ मेगापिक्सेल प्लस ५ मेगापिक्सेल प्लस ८ मेगापिक्सेलको ट्रिपल क्यामरा सेटअप हुनेछ ।

त्यस्तै सामसंगले तीन क्यामरासहितको ट्रिपल क्यामरा सेटअप भएको ग्यालेक्सी एस १०को तीन भेरिएन्ट ल्याउने छ । यसमध्ये दुईवटा भेरिएन्टमा ट्रिपल क्यामरा सेटअप हुनेछ । ग्यालेक्सी एस १० मा १२ मेगापिक्सेल वाइड एंगल, १३ मेगापिक्सेल टेलिफोटो र १६ मेगापिक्सेलको सुपर वाइड एंगल क्यामरा हुने रिपोर्टमा उल्लेख छ।

माध्यम

प्रकाशित: २९ श्रावण २०७५, मंगलवार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार