बजाज पल्सर १५० टिडि (टुइन डिस्क)नेपाली बजारमा

Technology Khabar २७ श्रावण २०७५, आईतवार

काठमाडौं ।

काठमाडौं । बजाज मोटरसाइकलको लागि आधिकारीक बिक्रेता एचएच बजाजले अल न्यू बजाज पल्सर १५० ट्वीन डिस्क नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । यसमा २ वटा डिस्क ब्रेक, सार्प डिजाइन र बिभिन्न तीन कलर भेरिएन्टमा बजारमा उपलब्ध रहेको छ ।
बजाजको पल्सर १५० ट्वीन डिस्कलाई तीन कलर भेरिएन्टमा ल्याईएको छ । जसमा कालो निलो, कालो रातो तथा ब्ल्याक क्रोम हुन् । यस बाइकमा १७ इञ्च एलोय ह्वीलमा मेट ब्ल्याक दिइएको छ ।

नयाँ बजाज पल्सर १५० टिडिमा ड्यूल डिस्क ब्रेक दिईनुका साथै युवालाई आकर्षित गर्न बाईकमा मोटो ह्वील, मोटो टायर, च्येसीस र सकरपनि पहिलाको तुलनामा ठूलो बनाएर ल्याइएको हो ।

एचएच बजाजकाअनुसार युवा पुस्ता लक्षित गरेर कम्पनीले यसमा थुप्रै परिवर्तन गरेको छ । बाइकमा स्प्लीट सिट राखिएको छ भने स्प्लीट ग्रेव रेल, आल्मुनियम फिनिस पूmटपेज राखिएको छ । स्वीङआर्म पहिलेको भन्दा थोरै मोटो दिइएको छ भने यसको ह्वील बेस समेत बढाइएको छ । यसमा पछाडिको टायर मोटो रहेको छ । १२९ एमएमको रियर टायर दिइएको छ । बाइकमा मस्कुलर लूक दिइएको छ ।

पल्सर १५० ट्वीन डिस्कमा १४९.५ सीसी सिंगल सिलिन्डर डिटिएसआई इञ्जिन दिइएको छ । बाइकमा दुईवटा भल्भ जडान गरिएको छ ।

यसमा लगाइएको ट्वीन स्पार्क मोटरले ८००० आरपीएममा १४ बीएचपी पावर र ६००० आरपीएममा १३.४ एनएम टर्क उत्पादन गर्छ । यसमा १५ लिटर पेट्रोल अट्ने ट्याङ्की दिइएको छ । नयाँ बाईक ५ गिएरमा उपलब्ध रहेको छ ।

पल्सर १५० ट्वीन डिस्कमा अप्टिमाईजेशनका साथ नोइज, भाइव्रेशन र हार्सनेश लेभलमा पनि सुधार गरिएको छ । नेपाली बजारमा बजाज पल्सर १५० ट्वीन डिस्कको मूल्य दुई लाख ५५ हजार ९०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

‘बजाजको लिगेसीलाई यो पल्सर १५० टुइन डिस्कले क्यारी गरेको छ । साथै यो पल्सर परिवारमा नयाँ थपिएको मोडल हो । साथै, यो सेग्मेन्टमा नै अत्यन्त नयाँ उत्पादन हो । हामीलाई विश्वास छ पल्सर १५० टुइन डिस्कले चालकको एक्स्पेक्टेसन पुरा गर्नेछ । हंशराज हुलासचन्द एन्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने ।

प्रकाशित: २७ श्रावण २०७५, आईतवार

तपाइको प्रतिक्रिया