द हिमालय ड्र्ग कम्पनीका क्रीमहरु बजारमा

  • Technology Khabar | २७ श्रावण २०७५, आईतवार
द हिमालय ड्र्ग कम्पनीका क्रीमहरु बजारमा

काठमाडौं ।

काठमाडौं । हिमालय ड्रग कम्पनीले ‘युथ इटर्निटि’ नामक छाला को हेरचाह गर्ने क्रीम हरु प्रस्तुत गरेको छ यस युथ इटर्निटि रेन्जका क्रिमहरु एडेलवाइस नामक एउटा दुर्लभ बिरुवालाई स्टेम सेल प्रविधिबाट तयार पारिएको हो जसले छाला लाई जवान राख्न मदत गर्छ।

आज भएको कार्यक्रममा हिमायल युथ इटर्निटिका ब्राण्ड एम्बेस्डर माल्विका सुब्बा तथा हिमालय ड्रग कम्पनीका प्रमुख पदाधिकारीहरुको पनि उपस्थिति थियो। समारोहमा प्रारम्भिक अवस्थादेखि छालाको हेरचाह गर्ने तथा युथ इटर्निटिको महत्वपूर्ण सिद्धान्तको बारे समेत छलफल गरियो।

युथ इटर्निटि रेन्जले छालामा आउने यस्ता समस्याहरुलाई कम गरेर छालालाई पुनर्जीवित पार्न मदत गर्ने कम्पनीको भनाई छ ।

युथ इटर्निटिमा द हिमालय युथ इटर्निटि डे क्रिम, द हिमालय युथ इटर्निटि नाइट क्रिम, र द हिमालय युथ इटर्निटि अण्डर आइ क्रिम तीनवटा उत्पादनहरु रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित: २७ श्रावण २०७५, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • २७ श्रावण २०७५, आईतवार