“स्काईवर्थ सपना सा कार” अफरको पहिलो साप्ताहिक भाग्यशाली विजेता घोषणा

  • Technology Khabar | १० आश्विन २०८१, बिहीबार
“स्काईवर्थ सपना सा कार” अफरको पहिलो साप्ताहिक भाग्यशाली विजेता घोषणा

काठमाडौं ।

केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रा लि ले यस चाडपर्वको अवसरलाई अझ रोमाञ्चक बनाउन “स्काइवर्थ सपना सा कार” दशैं तिहारको बहार बम्परमा कार उपहार अफर ल्याएको छ।

यस अफर अन्तर्गत स्मार्ट एप्लाएन्सेस प्रा.लि. ले लक्की ड्र मार्फत पहिलो साप्ताहिक भाग्यशाली विजेतालाई उपहार प्रदान गरेको छ।

काठमाडौँको स्काईवर्थ सोरुमबाट सामान खरिद गर्नु भएका श्री सन्देश अधिकारीलाई साप्ताहिक लक्की ड्र मार्फत स्मार्ट एप्लाएन्सस प्रा लि ले माइक्रोवेभ उपहार प्रदान गरेको छ।

साथै बम्पर पुरस्कारमा एकजना भाग्यशाली ग्राहकले एमजी कमेट ईभी कार जित्न सक्ने कम्पनीको भनाई छ। साथै, ग्राहकहरूले स्काईवर्थका बिभिन्न उत्पादनहरूमा ४० प्रतिशतसम्मको छुटको मजा लिन सक्ने जनाएको छ।

यो योजना कार्तिक ३०, २०८१ सम्म लागु हुनेछ।

प्रकाशित: १० आश्विन २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...