Technology Khabar १० आश्विन २०८१, बिहीबार
काठमाडौं ।
ह्वावेले चिनियाँ बजारमा ‘स्मार्ट टीभी भी५ म्याक्स ११०–इन्च’ नामक आफ्नो हालसम्मको सबैभन्दा ठूलो स्मार्ट टीभी सार्वजनिक गरेको छ।
ह्वावेको यो नयाँ स्मार्ट टीभी हार्मनीओएस ४.५ ले सुसज्जित रहेको जनाइएको छ। लक्जरियस र इमर्सिभ भ्यूइङ्ग एक्सपिरियन्स प्रदान गर्ने उद्देश्यले ह्वावेको लाइनअपमा यो नयाँ स्मार्ट टीभीको थपले अत्याधुनिक डिस्प्ले प्रविधिहरूलाई शक्तिशाली हार्डवेयरसँग मिलाएर घरमै हाई–इण्डको सिनेम्याटिक अनुभव प्रदान गर्ने उल्लेख गरिएको छ।
१. ह्वावे स्मार्ट स्क्रिन भी५ म्याक्सको विशेषताहरू
ह्वावे स्मार्ट टीभी भी५ म्याक्समा अल्ट्रा एचडी फोरके रेजोल्युसन (३८४० × २१६० पिक्सेल) र १२०हर्ज रिफ्रेस रेट भएको ११० इन्चको सुपरमिनिएलईडी डिस्प्ले रहेको छ।
ठूला विलासी ठाउँहरूको लागि डिजाइन गरिएको यस स्मार्ट टीभीमा १२ एमएमको अल्ट्रा–न्यारो बेजेलको साथ स्लिक लुक रहेको छ। साथै यस स्मार्ट टीभीको मापन २४६७.८८एमएम × १४१७.४२एमएम × ६९एमएम (बेस बिना) र तौल ९५किलोग्राम रहेको छ।
डिस्प्ले प्यानलले उज्यालो वातावरणमा पनि स्पष्ट र जीवन्त दृश्यहरू सुनिश्चित गर्दै ५००० निट्सको पिक ब्राइटनेस प्रदान गर्दछ। साथै यो प्रभावशाली ८,०००,०००ः१ कन्ट्रास्ट रेसियो, १७८–डिग्री भ्यूइङ्ग एंगल र १६ः९ एसपेक्ट रेसियोको साथ आउने जनाइएको छ जसले एन्हान्स्ड कलर डेफ्थ र गतिशील दायरा प्रदान गर्ने उल्लेख गरिएको छ।
साथै टीभीले पोलीक्रिस्टलाइन क्वान्टम डट फिल्मको साथ ब्ल्याक डायमण्ड इनर्जी स्क्रिन समावेश गरेको उल्लेख छ जसले ग्लेर घटाएर उज्यालो र आँखा–अनुकूल ईमेज (छवि)हरूको लागि लाइट डिफ्युसन (प्रकाश प्रसार) सुधार गर्ने जनाइएको छ।
ह्वावे स्मार्ट टीभी भी५ म्याक्समा होङ्हु एआई ईमेज क्वालिटी (छवि गुणस्तर) प्रविधि फिचर गरिएको छ जसले १०८०पी ईमेजस (छविहरू) लाई थप विवरण र स्पष्टताको लागि बढाउने उल्लेख गरिएको छ। साथै यो क्लियर लाइट कन्ट्रोल (स्पष्ट प्रकाश नियन्त्रण) को साथ आउने जनाइएको छ जसले अपिटमल भिजुअल्सको लागि एमबियन्ट लाइटिङमा आधारित ब्राइटनेस समायोजन गर्ने उल्लेख गरिएको छ।
त्यसैगरी टीभीले होङ्हु एआई एचडीआर एन्हान्समेन्ट पनि समावेश गरेको उल्लेख छ जसले डार्कर र ब्राइटर दुवै सिन्सहरूमा हेर्ने अनुभवलाई सुधार गर्ने जनाइएको छ।
ह्वावेको होङ्हु स्वान ९०० चिपसेट द्वारा सञ्चालित यो टीभीले ८ कोर्टेक्स ए७३ कोरहरू इन्टिग्रेट गर्दछ जसले सीपीयूको पर्फमेन्समा २०० प्रतिशत सुधार गर्नुका साथै १६० प्रतिशत सुधारिएको ग्राफिकल पर्फमेन्सको लागि जी५२ एमसी६ जीपीयू समावेश गरेको जनाइएको छ।
साथै यस टीभीले ६जीबीको र्याम र १२८जीबी आन्तरिक स्टोरेज (भण्डारण) समावेश गरेको छ जसले सहज पर्फमेन्सका साथै एप र कन्टेन्टको लागि पर्याप्त ठाउँ सुनिश्चित गर्ने थप उल्लेख गरिएको छ।
२. विशेष फिचर
ह्वावे स्मार्ट टीभी भी५ म्याक्समा इन्टिग्रेटसन गरिएको हार्मनीओएस ४.५ ले यस टीभीलाई धेरै उन्नत फिचर्स (सुविधाहरू) को साथ स्ट्याण्ड आउट भएको जनाइएको छ।
प्लेटफर्मले एक अपग्रेड गरिएको स्मार्ट केयर फिचर प्रदान गर्दछ जसले हेल्दी भ्यूइङ्ग सुनिश्चित गर्दै टीभी हेर्दा तपाईंको बच्चाको गतिविधि र मुद्रा निगरानी गर्ने उल्लेख गरिएको छ।
यो फ्यामिली कनेक्ट फिचरको साथ आएको छ जसले १२ प्रयोगकर्ताहरूलाई अल्ट्रा–हाइ–डेफिनिशन भिडियो कलहरू गर्न अनुमति दिने जनाइएको छ।
त्यसैगरी स्मार्ट इन्टरटेनमेन्ट सेक्सन (मनोरञ्जन खण्ड) ले तपाइँको टीभी लाई गेमिङ, फिटनेस, काराओके र होम थियटर अनुभवहरूको हबमा परिणत गर्ने जनाइएको छ।
यी सुविधाहरूको अतिरिक्त, टीभीले रिमोट सहायता प्रदान गर्दछ जसले प्रयोगकर्ताहरूलाई आफ्नो ह्वावे स्मार्टफोनहरूबाट कहिँबाट पनि टीभी व्यवस्थापन गर्न सघाउ पुर्याउँछ।
साथै यो ह्वावे साउन्ड टेक्नोलोजीसँग आउने जनाइएको छ जसमा ५ कार्बन फाइबर डुअल ड्राइभर स्पिकर, २ न्याचुरल सिल्क डोम ट्वीटर्स र २ प्यासिभ रेडिएटरहरू समावेश रहेका छन्। साथै यस साउन्ड टेक्नोलोजीले यसको भिजुअल गुणस्तरलाई पूरक बनाउन इमर्सिभ अडियो अनुभव प्रदान गर्ने जनाइएको छ।
भी५ म्याक्समा वायरलेस रिमोट कन्ट्रोल पनि रहेको छ जसले प्रयोगकर्ताहरूलाई रिमोटलाई नछोइकन ड्र्यागिङ र सर्कल गर्ने जस्ता इशाराहरू मार्फत अन्तरक्रिया गर्न सक्षम बनाउने छ। यसले स्मार्ट बारमा एआई–पावर्ड क्यामरा समावेस गरेको छ जसले भिडियो कलहरू र थप स्मार्ट फङ्गङ्गनहरूको लागि अनुमति दिने उल्लेख गरिएको छ।
३. मूल्य निर्धारण र उपलब्धता
ह्वावे स्मार्ट टीभी भी५ म्याक्स ११०–इन्च हाल ह्वावेको आधिकारिक स्टोरमा प्रि–सेलको लागि उपलब्ध छ भने यसको मूल्य ६९,९९९ युआन (९,९५४ अमेरिकी डलर) रहेको छ।
यो उत्पादन सेप्टेम्बर ३०, २०२४ मा बजारमा आउने जनाइएको छ जसले ग्राहकहरूलाई फराकिलो बैठक कोठा र घर थिएटरहरूको लागि डिजाइन गरिएको अल्टिमेट स्मार्ट टीभी अनुभव प्रदान गर्नेछ भनि गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: १० आश्विन २०८१, बिहीबार