लगभग एक दशकदेखि लक भएको आईफोन ४एस अन्ततः अनलक यसरी भयो

Technology Khabar १० आश्विन २०८१, बिहीबार

काठमाडौं ।

चीनको जियाङसु प्रान्तकी एउटी युवतीले आफ्नो आईफोन ४एस अनलक गर्नको लागि दस वर्षको प्रयास साझा गरेर अनलाइन ध्यान तानेकी छिन्।

चिनियाँ सामाजिक सञ्जालमा साझा गरिएको एक भिडियोमा उनले ८० हजार घण्टा अर्थात् लगभग दस वर्षको लागि लक भएको फोन उनले कसरी अनलक गर्न सकिन् भनेर बताएकी छिन्।

सन् २०१५ मा कसले लक गर्यो भन्ने बारे मलाई केही थाहा छैन” उनले भनिन्। साथै त्यस बखत आईफोनको डिस्प्लेले ८० हजार घण्टामा अनलक हुनेछ भनेर सन्देश देखाएको थियो। यसले मलाई यो ८० हजार घण्टापछि अनलक हुने बतायो। मैले सोचें, दस वर्ष होइन र? त्यसैबेला मैले फोन स्वीच गरें र भर्खरै पो मलाई याद आयो।

त्यसैले प्रतीक्षा समाप्त भएको आशामा उनले फोनलाई पावर अप गर्नको लागि नयाँ चार्जिङ केबल किनिन् र चार्ज गरिन्। त्यसपछि उनले फोन जाँच गरिन् र यसले अझै पनि “२८८ मिनेट” देखाएको उल्लेख गरिन्।
उनले भनिन्, “दस वर्षदेखि लक भएको फोन अनलक गर्न अझै चार घण्टा बाँकी छ! के यो सत्य हो? हामी अर्को चार घण्टामा थाहा पाउनेछौं।
चार घण्टा पछि, प्रतीक्षाको समय अन्ततः समाप्त भएको भन्दै उनले एक फलो–अप भिडियो पोस्ट गरिन्। उनले पासकोड सम्झिन् र त्यसलाई इन्ट्रि गरेपछि फोन अनलक भयो।

भिडियोमा उनले फोन रिसेट नगर्नुको कारण बताएकी छिन्। यसमा उनको मृत बिरालोको भिडियो सुरक्षित गरिएको थियो। “मैले यसलाई कहिल्यै नमेटाएर यति लामो प्रतीक्षा गर्नुको कारण भनेको यो हो कि मैले त्यो डाटा हराएको अवस्थामा मैले सहन गर्न सक्दिन। दश वर्ष! हे भगवान!

त्यसपछि उनले ४एसको परिचित चार्जिङ साउण्ड (ध्वनि) र यसको पुरानो एप लेआउट देखाउँदै प्रयोगमा रहेको फोनको झलक साझा गरिन्। साथै १६जीबी स्टोरेज रहेको फोनमा आईओएस ६ रन भएको जनाइएको छ।

यदि तपाइँ यो अवस्थालाई असामान्य भनेर सोच्दै हुनुहुन्छ भने यो पुरानो आईफोनहरूमा यस्तो हुन सक्छ भनेर गीज्मोचाइनाले स्पष्ट पारेको छ।

साथै एप्पल सपोर्ट कम्युनिटिमा एक प्रयोगकर्ताले आफ्नो आईफोन ५० वर्षको लागि लक भएको रिपोर्ट गरेको जनाइएको छ।

त्यसैगरी, ९टु५म्याक को फोरममा एउटा पोष्टले “२३६१४९७४ मिनेट” अर्थात ४५ वर्षको लागि एउटा आईफोन असक्षम भएको उल्लेख गरेको छ।

‘यदि तपाईं यसलाई पर्खन तयार हुनुहुन्न भने यस्तो अवस्थामा एकमात्र समाधान भनेको फोनको सबै डाटा मेटाउनु र फ्याक्ट्री रिसेट गर्नु हो’,  गीज्मोचाइना लेख्दछ।

भिडियो हेर्नुहोसः

प्रकाशित: १० आश्विन २०८१, बिहीबार

तपाइको प्रतिक्रिया