भारत फोरजी प्रविधि विकास गर्ने ६ मुलुकमध्ये एक– सिन्धिया

Technology Khabar ८ आश्विन २०८१, मंगलवार

काठमाडौं ।

भारतका केन्द्रीय मन्त्री ज्योतिरादित्य सिन्धियाले सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा फोरजी प्रविधि विकास गरेका विश्वका छ मुलुकमध्ये भारत एक बनेको बताएका छन्।

मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) सरकारको कार्यकालको पहिलो एक सय दिनका उपलब्धीहरू सुनाउने क्रममा उनले भने, “प्रधानमन्त्रीको उद्देश्य बिएसएनएलका लागि विदेशी प्रविधि समावेश गर्ने फोर–जी विकास गर्नु थियो। साथै, भारतलाई प्रविधि उपकरण उत्पादकका रूपमा पनि स्थान दिनु थियो। यसले हाम्रो क्षमता र दृढ सङ्कल्प झल्काउँछ, जुन प्रधानमन्त्रीको दृष्टिकोणसँग मेल खान्छ।”

आज आफ्नो फोर–जी प्रविधि स्थापना गर्ने विश्वव्यापी छ मुलुकमध्ये भारत एक रहेको उल्लेख गर्दै उनले ‘हामीलाई यो आत्मनिर्भरता हासिल गर्न विश्वको छैटौँ राष्ट्र बनाएको’ बताए।

“पछिल्लो सय दिनमा हामीले सात हजार दुई सय ५८ टावर खडा गरी सञ्चालनमा ल्याएका छौँ । हामीले नौ हजार पाँच सय ६० गाउँमा पूर्ण सञ्चार सेवा प्रदान गरेका छौँ र हाम्रो दोस्रो केन्द्रीत पूर्वाधार क्षेत्र हो”, उनले भने।

अनुसन्धान र सिक्स–जी इकोसिस्टमअन्तर्गत देशका विभिन्न संस्थामा ८१ ओटा फाइभजी प्रयोगशालाहरू स्थापना गर्ने लक्ष्य राखेको उनले जानकारी दिए। रासस/एएनआई

प्रकाशित: ८ आश्विन २०८१, मंगलवार

तपाइको प्रतिक्रिया