Technology Khabar ८ आश्विन २०८१, मंगलवार
काठमाडौं ।
एप्पल इन्टेलिजेन्स आगामी महिनादेखि समर्थित क्षेत्रहरूमा समर्थित डिभाइसहरूमा आउने भएको छ। यद्यपि यसले सुरुमा अमेरिकी अंग्रेजीमा मात्र काम गर्ने जनाइएको छ। साथै समयसँगै सूचीमा थप भाषाहरू पनि थपिनेछन् भने त्यो सूची सुरुमा अपेक्षा गरिएको भन्दा लामो हुने भएको छ।
जीएसएमएरिनाका अनुसार एप्पलले आफ्नो “ग्लोटाइम” प्रस्तुतिको क्रममा एप्पलले डिसेम्बर महिनादेखि अष्ट्रेलिया, क्यानडा, न्यूजील्याण्ड, दक्षिण अफ्रिका र बेलायतका लागि स्थानीयकृत अंग्रेजी समर्थन थप गर्ने बताएको थियो।
त्यसपछि सन् २०२५ मा इन्टेलिजेन्सले चिनियाँ, फ्रान्सेली, जापानी र स्पेनिसहरूको लागि पनि समर्थन प्राप्त गर्ने बताएको जनाइएको छ।
यो सूची विस्तार गरिएको छ जसमा सुरुमा आगामी वर्ष भारत र सिंगापुरका लागि दुई नयाँ अंग्रेजी संस्करणहरू आउँदैछन्। त्यसपछि दोस्रोमा जर्मन, इटालियन, पोर्चुगिज, भियतनामी “र अन्य” ले सन् २०२५ सम्म समर्थन प्राप्त गर्नेछन् (पहिले घोषणा गरिएका भाषाहरूका अतिरिक्त)।
एप्पल इन्टेलिजेन्स ईयू र चीनमा आईफोन र आईप्याडहरूमा उपलब्ध नहुने भनि ह जीएसएमएरिनाले यसअघि नै उल्लेख गरिसकेको छ। चाखलाग्दो कुरा के छ भने ईयूमा म्याकओएस सेक्वेया १५.१ विकासकर्ता बिटामा इन्टेलिजेन्स उपलब्ध रहेको जनाइएको छ।
यसै कारणले म्याकओएसलाई डिजिटल मार्केट एक्ट टर्म (ऐन सर्तहरू) मा “गेटकीपर””को रूपमा नतोकिएको हुनसक्ने उल्लेख गरिएको छ। यद्यपि आईओएस र आईप्याडओएसमा भने त्यसो नभएको थप उल्लेख गरिएको छ।
एआईको बारेमा चीनको आफ्नै नियमहरू रहेको हुनाले यो अर्को बाधा भएको भनि थप उल्लेख गरिएको छ। एप्पलले दुवै क्षेत्रका नियामकहरूसँग कुराकानी गरिरहेको छ भने नयाँ सुविधाहरू लागू गर्ने उत्तम तरिका पत्ता लगाउन प्रयास पनि गरिरहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ८ आश्विन २०८१, मंगलवार