
काठमाडौं ।
एप्पलको ‘ग्लोटाइम’ लन्च इभेन्ट आज राति अर्थात् सेप्टेम्बर ९ मा नेपाली समय अनुसार राति १०:४५ बजे मा हुन गइरहेको छ। यो इभेन्टको मुख्य केन्द्रबिन्दु आईफोन १६ सिरिज हो।
आईफोन १६ सिरिजमा निम्न भेरियन्टहरु पर्दछन्:
आईफोन १६, आईफोन १६ प्लस , आईफोन १६ प्रो तथा आईफोन १६ प्रो म्याक्स
यससँगै क्युपर्टिनोस्थित टेक जायन्टले नयाँ एप्पल वाच मोडेलहरू, एयरपड्स र अन्य एप्पल उत्पादनहरू सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
यो इभेन्टमा कम्पनीको एआई फिचरहरूको एकद्वार गन्तव्य एप्पल इन्टेलिजेन्सका बारेमा पनि घोषणा हुने सम्भावना छ भने इभेन्टको अन्त्यमा आईओएस १८, आईप्याडओएस १८ तथा वाचओएस ११ रिलिज हुने मितिको खुलासा हुन सक्ने अपेक्षा गरिएको ग्याजेट्स३६० ले उल्लेख गरेको छ।
एप्पलको ‘ग्लोटाइम’ आईफोन १६ इभेन्ट: लाइभ स्ट्रिम कसरी हेर्ने?
आजको ‘ग्लोटाइम’ इभेन्ट क्युपरटिनोमा बिहान १० बजे पीटी अर्थात् नेपाली समयअनुसार राति १०:४५ बाट सुरु हुनेछ। हालका सबै एप्पल इभेन्टहरूझैं यो इभेन्ट पनि स्टिभ जब्स थियटर एप्पल पार्कमा हुनेछ।
यो भव्य लन्च शो एप्पलको इभेन्ट साइट र यूट्युबमा लाइभ स्ट्रिम गरिनेछ। तपाईं यसलाई आईओएस, आईप्याडओएस, म्याकओएस रटीभीओएसमा रहेको एप्पल टीभी एपबाट पनि हेर्न सकिने एप्पललाई उद्धृत गर्दै ग्याजेट्स३६० ले लेखेको छ।
प्रकाशित: २४ भाद्र २०८१, सोमबार