आईफोन १६ प्रो मा बेस मोडेल स्टोरेज हाल उपलब्धभन्दा दोब्बर बनाइने

  • Technology Khabar | २४ भाद्र २०८१, सोमबार
आईफोन १६ प्रो मा बेस मोडेल स्टोरेज हाल उपलब्धभन्दा दोब्बर बनाइने

काठमाडौं ।

आईफोन प्रयोगकर्ताहरू जसले प्रो मोडेललाई मन पराए तापनि यसको सीमित स्टोरेजले गर्दा बाकिङ (मन न पराउन) सक्ने सम्भावनाको उल्लेख गरिएको छ।

ताइवानको बजार अनुसन्धान संस्था ट्रेन्डफोर्स (म्याकरुमर्स मार्फत) को रिपोर्ट अनुसार एप्पलले आगामी आईफोन १६ प्रो को लागि १२८जीबी बेस स्टोरेज अप्सन (आधार भण्डारण विकल्प) लाई हटाएर त्यसलाई न्यूनतम २५६जीबी सम्म बम्प गर्ने सम्भावना रहेको उल्लेख गरेको छ।

एप्पलले गत वर्ष आईफोन १५ प्रो म्याक्सको बेस स्टोरेजलाई २५६जीबीमा उकालेको थियो। त्यसैले प्रो मोडेलको लागि आईफोन १६ सिरिजमा उक्त तरिका पछ्याउनु स्वाभाविक हुने अपेक्षा गरिएको छ। यद्यपि बेस स्टोरेजको वृद्धिसँगै आईफोन १६ प्रो को प्रारम्भिक मूल्य उच्च हुन सक्ने थप उल्लेख गरिएको छ।

यसअघि प्रो म्याक्स मोडेलमा मात्र विशेष रहेको टेट्राप्रिज्म जुम लेन्स १६ प्रो मा पनि समावेश हुने भएकाले यो मूल्य वृद्धि अझ जायज हुन सक्ने ट्रेन्डफोर्सले सुझाव दिएको जनाइएको छ।

एप्पलले गत वर्ष आईफोन १५ प्रो म्याक्समा टेट्राप्रिज्म जुम लेन्स प्रस्तुत गरेर यस्तै गरेको थियो र त्यसले स्वाभाविक रूपमा लागत बढाएको जनाइएको छ। उच्च मूल्य स्वीकार्य बनाउनका लागि कम्पनीले बेस स्टोरेज १२८जीबी बाट २५६ जीबी सम्म बढाएको जनाइएको छ।

त्यसैगरी स्टोरेज र क्यामरा बाहेक रिपोर्टले आईफोन १६ सिरिज हार्डवेयरको बारेमा पहिले लीक भएका विवरणहरूको पुष्टि गरेको जनाइएको छ।

नन्–प्रो भेरियन्टहरूले ए१८ चिप प्राप्त गर्ने अपेक्षा गरिएको छ भने प्रो मोडेलहरूले सम्भवतः अझ शक्तिशाली ए१८ प्रो प्रोसेसरको बोस्ट गर्ने उल्लेख गरिएको छ।

साथै सम्भावित रूपमा एप्पल इन्टेलिजेन्स सुविधाहरूको मागहरू पूरा गर्दै एप्पलले नन्–प्रो मोडेलहरूमा र्यामलाई ६जीबीबाट ८जीबी सम्म बढाउन सक्ने त्यहाँ थप सम्भावना रहेको जनाइएको छ।

यी सबै प्रारम्भिक अनुमानहरू भएको र आईफोन १६ सिरिजको बारेमा ठोस विवरणहरू सम्भवतः आधिकारिक प्रक्षेपण कार्यक्रम जुन हाल अफवाह अनुसार सेप्टेम्बर ९ पछि स्पस्ट हुनेछ भनि गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: २४ भाद्र २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार