आगामी आईफोन एसईमा ओएलईडी स्क्रिन समावेश गरिने पुष्टि 

Technology Khabar २१ भाद्र २०८१, शुक्रबार

काठमाडौं ।

आगामी आईफोन एसईमा एप्पलले ओएलईडी स्क्रिन समावेश गर्ने भएको छ।आफ्नो मेनलाइन आईफोनहरूका लागि ओएलईडी डिस्प्ले प्यानलहरू समावेश गर्न आफ्नो राम्रै समय लिएको एप्पल हालसम्म आईफोन एसईको सन्दर्भमा भने सस्तो एलसीडी प्रविधिमा नै अड्किएको थियो।

तथापि, अर्को वर्ष रिलीज हुने सम्भावना रहेको आगामी आईफोन एसईको डिस्प्ले प्यानलहरू अब परिवर्तन हुने उल्लेख गरिएको छ।

यसै क्रममा अब आगामी आईफोन एसईमा ओएलईडी प्यानल रहने एशियाबाट बाहिरको एक नयाँ रिपोर्टले उल्लेख गरेको छ। साथै यसले यस अघिका धेरै अफवाहहरू पनि पुष्टि गरिसकेको जनाइएको छ।

एप्पलले अब एलसीडी प्यानलहरू प्रयोग गरेर कुनै स्मार्टफोन नबनाउने उल्लेख गरिएको छ। साथै यसले गर्दा अब एप्पलको लागि ओएलईडी प्यानल आपूर्ति गर्दै आएको जापान डिस्प्ले र शार्पलाई हानि पुग्ने जनाइएको छ।

साथै उक्त आपूर्तिकर्ताहरूले फोनहरूको लागि ओएलईडी प्यानलहरू बनाउने नगरेको (जेडीआईले एप्पल वाचको लागि साना ओएलईडी आपूर्ति गर्दछ) थप उल्लेख गरिएको छ।

एप्पलले कथित रूपमा चीनको बीओई र कोरियाको एलजीलाई आगामी आईफोन एसईको लागि ओएलईडी डिस्प्लेको लागि अर्डर दिन थालेको उल्लेख गरिएको छ।

अहिले सम्ममा सामसङले आईफोनहरूका लागि आवश्यक ओएलईडी प्यानलहरूको आधा आपूर्ति गर्दछ भने एलजीको ३० प्रतिशत सेयर रहेको र बाँकी २० प्रतिशत भने बीओईले बनाउने गर्दछ भनि थप उल्लेख गरिएको छ।

बेलायतमा आधारित बजार अनुसन्धानकर्ता ओमडियाले यस वर्ष स्मार्टफोनका लागि ढुवानी गरिएका प्यानलहरूको संख्यामा ओएलईडीहरूले एलसीडीहरूलाई उछिन्नेछ भनि बताएको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

प्रकाशित: २१ भाद्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया