ताजा समाचार

आठ लाख ४० हजार मूल्य बराबरका आईफोनसहित एक जना पक्राउ

आठ लाख ४० हजार मूल्य बराबरका आईफोनसहित एक जना पक्राउ
Global IME Bank

प्रहरीले कैलालीको धनगढी विमानस्थलबाट रु आठ लाख ४० हजार मूल्य बराबरका आईफोनसहित एक जनालाई पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखडका २७ वर्षीय राजु चौधरी रहेका छन्।

चौधरीलाई आज धनगढी विमानस्थलको दक्षिणतर्फका यात्रु प्रवेशद्वारबाट भित्र प्रवेश गर्दा सोही प्रवेशद्वार नजिकको एक्सरे मेसिनमा जाँचका क्रममा आईफोनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए।

चौधरीले काठमाडौँ पठाउने भनि कार्टुनमा प्याक गरी ल्याएका एप्पल कम्पनीका २१ ओटा आईफोन बरामद गरिएको उनले जानकारी दिए।

बरामद भएका मोबाइल कैलाली भन्सार कार्यालयमा बुझाइएको छ।

तीन दिनअघि कैलालीका विभिन्न सीमा नाकाबाट भन्सार छलीगरी भित्र्याइएका मोबाइल सेटको ९० थान डिस्प्लेसहित रु चार लाख २५ हजार चार सय ६५ मूल्य बराबरका सामान बरामद गरिएको थियो।

धनगढी उपमहानगरपालिका–१० जुगेडा क्षेत्रबाट मोबाइलको डिस्प्ले र गोदावरी नगरपालिका—३ र ४बाट सुर्ती, सलाई, जर्दा तुल्सी, नरिवल, प्लास्टिकका झिल्लीलगायत व्यापारिक सामान बरामद गरेको हो। रासस

Sajilo Visa
easy care