क्वालकमको नयाँ स्न्यापड्रागन ६ जेन ३ सार्वजनिक

Technology Khabar १९ भाद्र २०८१, बुधबार

काठमाडौं ।

क्वालकमको नयाँ चिपसेट स्न्यापड्रागन ६ जेन ३ चुपचाप सप्ताहान्तमा कम्पनीको वेबसाइटमा देखा परेको छ। कम्पनीले ४एनएम चिपको कुनै पनि दोस्रो–जेन संस्करण प्रस्तुत नगरेको हुनाले यो नयाँ मिड–रेन्ज प्लेटफर्मले अब स्न्यापड्रागन ६ जेन १ लाई टेकओभर गर्ने गरिएको छ।

स्न्यापड्रागन ६ जेन ३ ले कलको समयमा एक्टिभिटि (गतिविधि) ट्र्याकिङ र नोइज क्यान्सिलेसन (आवाज रद्द गर्ने) जस्ता कार्यहरूको लागि सुधारिएको एआई पर्फमेन्स ल्याएको उल्लेख छ।

साथै यो नयाँ चिप वास्तवमा नै स्न्यापड्रागन ७एस जेन २ सँग मिल्दोजुल्दो रहेको जनाइएको छ्। यद्यपि स्न्यापड्रागन ७एस जेन २ को तुलनामा यस नयाँ चिपमा सीपीयू र डिस्प्ले डिपार्टमेन्ट भने केही घटाइएको जनाइएको छ।

जीएसएमएरिनाका अनुसार स्न्यापड्रागन ६ जेन ३ चारवटा २.४ गीगाहर्ज कोर्टेक्स–ए७८ कोर र चारवटा १.८ गीगाहर्ज कोर्टेक्स–ए५५ कोर, स्न्यापड्रागन ७एस जेन २ को सेटअप आर्किटेक्चरसँग म्याच गर्दै अक्टा–कोर सीपीयूको साथ आउने जनाइएको छ।

साथै स्न्यापड्रागन ७एस जेन २ को १.९५ गीगाहर्जमा चल्ने इफिसियन्सी कोर्स क्लकको तुलनामा यसमा थोरै कम रहेको थप उल्लेख गरिएको छ। अन्य भिन्नता भनेको ६ जेन ३ ले १२० हर्ज रिफ्रेस रेटमा फुल एचडी+ रिजोल्युसन सम्मको डिस्प्लेलाई समर्थन गर्दछ भने ७एसले १४४ हर्ज समर्थन गर्ने जनाइएको छ।

क्वालकमले एड्रेनो ७१० जीपीयू प्रयोग गरेको जनाइएको छ भने चिपले मात्र यूएफएस ३.१ भण्डारणको साथ पुरानो एलपीडीडीआर४एक्स र नयाँ एलपीडीडीआर५ र्याम संस्करणहरूलाई समर्थन गर्ने उल्लखे गरिएको छ।

साथै नयाँ चिपमा कनेक्टिभिटी समर्थनमा ब्लुटुथ ५.२ र वाई–फाई ६ई पनि समावेश रहेको उल्लेख गरिएको छ।

क्यामरा डिपार्टमेन्टमा, स्न्यापड्रागन ६ जेन ३ ले ४८ एमपी (मेगापिक्सेल) को सिङ्गल सेन्सर कन्टिन्युओस रिड, ३२ एमपी र १६ एमपी (मेगापिक्सेल) को डुअल सेन्सर वा २०० एमपी (मेगापिक्सेल) सम्मको फोटो खिच्नको लागि ह्यान्डल गर्न सक्ने उल्लेख गरिएको छ।

क्वालकमले चिपसेटको बारेमा आधिकारिक प्रेस विज्ञप्ति प्रकाशित नगरेको हुनाले यो नयाँ चिपसेट कहिलेदेखि ओईएमहरूमा उपलब्ध हुनेबारे कुनै जानकारी उपलब्ध नभएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: १९ भाद्र २०८१, बुधबार

तपाइको प्रतिक्रिया