सानिमा बैंकको कार्ड मार्फत नथिङ्ग र सीएमएफका उत्पादन किन्दा छुट पाईने

  • Technology Khabar | १६ भाद्र २०८१, आईतवार
सानिमा बैंकको कार्ड मार्फत नथिङ्ग र सीएमएफका उत्पादन किन्दा छुट पाईने

काठमाडौं ।

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सीजी मोबाइल्स प्रालि मा विशेष छुटको व्यवस्था गरेको छ।

यस अन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड मार्फत सीजी मोबाइल्समा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको छ।

नथिङ्ग तथा सीएमएफ ब्राण्डका मोबाइल फोनको खरिदमा ७.४ प्रतिशत सम्म र इयरबड्स तथा अन्य एक्सेसरीजको खरिद गर्दा ९ प्रतिशतसम्मको छुट पाउन सक्नेछन्।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्ने जनाएको छ।

प्रकाशित: १६ भाद्र २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार